पूर्वाञ्चल खबर
म्यूजिक खबर डटकमको आयोजना तथा हामी यूवाको स्थानिय आयोजनामा विराटनगरमा पहिलो पटक आउँदो असोज १३ गते विभिन्न ३३ विधामा अवार्ड वितरण गरिने भएको हो । आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि ३३ विधामा वितरण गरिने अवार्डको उत्कृष्ट पाँच समेत घोषणा गरिएको म्यूजिक खबर डटकमको अध्यक्ष सुमन वैरागीले जानकारी दिए ।
नेपाली गीत, संगीतको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले विगत ६ वर्षदेखि निरन्तर रुपमा स्रष्टाहरुलाई अवार्ड वितरण गरिदै आएको म्यूजिक खबर डटकमको निर्देशक तथा चलचित्र पत्रकार संघको पूर्व अध्यक्ष शान्ति प्रियले जानकारी दिए । ‘कलासंस्कृतिलाई एकै ठाउँमा राखेर यो अवार्ड आयोजना गएिको हो,’ निर्देशक शान्ति प्रियले भने, ‘विवादरहित र निष्पक्ष रुपमा अवार्ड वितरण हुनेछ ।’
आयोजक समितिका सन्तोष श्रेष्ठले काठमाण्डौमा मात्र वितरण हुँदै आएको यस्तो अवार्ड वितरण कार्यक्रम मोफसल बाहिर विराटनगरमा हुन लागेको यो एतिहासि सावित हुने बताए । ३३ विधामा वितरण गरिने अवार्डमा प्रत्यके विधामा एक जनालाई अवार्ड वितरण गरिनेछ ।
कार्यक्रममा लाइफटाइम अचिभमेन्ट दशकका अवार्ड, बाल प्रतिभा प्रोत्साहन सम्मान, संगीत पत्रकारिता सम्मान समेत हुने बताइएको छ ।
म्यूजिक खबर अवार्ड वितरण सर्वोत्कृष्ट राष्ट्रियभावको गीत, सर्वोत्कृष्ट पप गायिका, सर्वोत्कृष्ट पप गायक, माया मलाई, सर्वोत्कृष्ट पप संगीतकार एवार्डबाट एक जनाले पाउनेछन् । त्यस्तै सर्वोत्कृष्ट लोकदोहोरी नवप्रतिभा,सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल लोकदोहोरी, सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल लोकदोहोरी पुरुष, सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक लोकदोहोरीलगायतको अवार्डहरु रहेको छ ।
अवार्ड वितरण कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरुको सांगीतिक प्रस्तुतीले थप मनोरञ्जन प्रदान गर्नेछ ।