पूर्वाञ्चल खबर
शनिबार राति कानेपोखरी–२, स्थीत दोगढीयामा जुवा खेलि रहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा कानेपोखरी –२ का माघव भनिने भवानी शंखर थापा, राजेन्द्रप्रसाद दाहाल र शंखर चौधरी, त्यसैरी पथरीशनिश्चरे १ का दिपबहादुर राई, सत्त राई र बिकास भनिने बिश्वबन्धु राईलाई रहेका छन् । उनिहरुको सँगै जुवाको खालबाट २ सेट काउडा र नगद २१ हजार रुपैया पनि बरामद गरेको इस्पेकटर कमल बजगाईले बताए ।
कानेपोखरी–रंगेली सडक अन्तरगत केरौन चौक देखि लगभग १ किलोमिटर भित्र खेतबारीको बिचमा सिंसौ रुखहरुको झाँडी छ । त्यही भित्र जुवा खेल्ने गोठ नै बनाएर बर्षौ देखि जुवा खेल्दै आएको त्यहाँका स्थानियहरु बताउँछन् । पक्राउ परेका व्यक्तिहरुको अनुसन्धान भैरहेको र उनिहरुलाई जुवा ऐन अन्तरगत मुद्दा चलाएको इस्पेक्टर बजगाईले बताएका छन ।