पूर्वाञ्चल खबर
प्रदर्शनीमा कक्षा ६ देखि कक्षा ९ सम्मका स्वत स्फुर्त क्रियासिल विद्यार्थीहरुले अंग्रेजी, नेपाली, गणित , सामाजिक तथा व्यावसाहिक विषयका विभिन्न कलाहरु समेटी विभिन्न स्टलमा छुट्याएर प्रश्तुत गरेका थिए ।
नेपाली बिषय अन्तर्गत नेपाली भाषाका विभिन्न श्रुतीसमधिन्नार्थक शब्द, शाब्दिक भिन्नता, लेख्य तथा बोल्य भिन्नताका शब्दहरु, अंग्रेजी विषय अन्तर्गत अंग्रेजी भाषागत स्वर तथा ब्यन्जन वर्णहरु, शब्द संरचना आदी, सामाजिक विषय अन्तर्गत विष्व संपदा सुचीमा सुचिकृत संपदाका तस्विर, विभिन्न राष्ट्रिय संपदाका नमुना मोडेलहरु, वायु ऊर्जा मोडेल, नेपालका प्रथम बैज्ञानिक गेहेन्द्र शमशेरद्धारा निर्मित विरगन तथा धिरगन तोपको नमुना आदि, व्यवसाहिक विषय अन्तर्गत केहि परम्परागत व्यवसाहिक प्रविधिको मोडल तथा गणित विषय अन्तर्गत १ देखि ९९ सम्मको गुणांङ्क सम्झिने सजिलो तरिका, क्याल्कुलेटरले भन्दा छिटो गुणनफल निकाल्ने गरिका, ३×३ को जादुमय ८ वटा फरक फरक अंक संयोजन आदि प्र्रदर्शनी गरिएको थियो ।
स्कूलका प्रिन्सिपल मणीराज भट्टराईले उक्त प्रर्दशनीलाई सफल पार्न विषेश भुमिका निर्वाह गर्ने शिक्षक तथा विद्यार्थीहरुलाई धन्यावाद व्यक्त गर्दै प्रदर्शनीमा सहभागिहरु मध्येबाट सर्बोत्कृष्ठलाई प्रमाणपत्र र पुरस्कार दिने घोषणा गरेका थिए ।