AArya
RUMPUM
animated ellipse animated ellipse

विपद व्यवस्थापनमा सामुहिक सहकार्य आवश्यक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ श्रावण २०७५, आईतवार २१:१४
3
Shares
विराटनगर / वर्षाको समयमा हुनसक्ने प्राकृतिक विपद व्यवस्थापनमका लागि विराटनगर महानगरले सामूहिक सहकार्य गर्ने भएको छ । महानगरले आइतवार आयोजना गरेको सर्वपक्षिय भेलामा महानगरको यस्तो भनाई आएको हो ।

मेयर भीम पराजुलीले गत वर्ष आएको वाढी र सम्भावित खतरालाई मूल्याङ्कन गर्दे विपद व्यवस्थापनका विषयमा महानगर सचेत रहेको वताएका छन् । उनले कार्यक्रममा सहभागीका तर्फवाट सुझाव समेत लिनु भएको थियो ।

बैठकका सहभागी सदस्यहरुले बर्षायाममा हुनसक्ने बाढी र डुबानको समस्या समाधान गर्न तम्तयार रहनुपर्ने सुझाव दिएका छन । नेकपाका नगर संयोजक नमिता न्यौपानेले बाढी र डुबानको समयमा आवश्यक पर्नसक्ने जनशक्ति र श्रोतसाधनको पर्याप्त बन्दोबस्त गर्नुपर्ने बताइन् । उनले विपत जुनसुकै कारणले जुनसुकै समयमा आउन सक्ने भएकाले हरदम तयार अवस्थामा रहनुपर्ने बताइन् । नेपाली कांग्रेसका नगर सचिव प्रकाश दाहालले बाढी र डुबानको समस्या हुनसक्ने मुख्य ठाउँहरुको पहिचान गरी आवश्यक तयारी गर्नुपर्ने विचार ब्यक्त गरे ।

कार्यक्रमका अन्य सहभागिले पानी जम्न सक्ने ठाउँहरुमा उचित निकासको ब्यवस्था गरेर जोखिम कम गर्न सकिने सुझाव दिएका थिए । कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेसहित प्रहरी, प्रशासन र महानगरका विभिन्न वार्डका वडाध्यक्षहरुले आ–आफ्ना सुझाव दिएका थिए ।

गतवर्ष विराटनगरमा मात्र १३ सयभन्दा वढी घरपरिवार प्रभावित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर