पूर्वाञ्चल खबर
सामान्य टाउँको दुखेर उपचार गर्न आएकी भारत अरेरिया जिल्लाको कुसमाग्राम पञ्चायतकी २५ वर्षिय आयूसा खातुनको आज मृत्यु भएको हो । उक्त हस्पिटलको लापारबाहीको कारणले गर्दा विरामीको मृत्यु भएको पीडितका आफन्तको आरोप छ ।
नोवेल अस्पतामा उपचारको लागि गएका खातुनलाई दलालले बिहीबार साँझ संजिवनीमा पु¥याएको आयूसाको सासु बतुलमा खातुनले बताइन् । ‘बुहारीको टाउँको दुख्य भनेपछि नेपालको हस्पिटल तिर लगेको थिइम,’ उनले भनिन, ‘संजीवनीमा ल्याउने बितिकै सामान्य विरामीलाई समेत भेन्टिलेसनमा राख्यो । उपचारमा लापरबाहीले गर्दा बुहारीमको मृत्यु भयो ।
अस्पतालमा कार्यरत चिकित्सकले कहिले सोध्दा दिउँदोे छ भन्छ कहिले मरो भन्दै मानसिक रुपमा समेत तनाव दियो,’ बतुलमले भनिन् ।’
सातुनको २ छोरा र एक छोरी रहेका छन् । यस अघि पनि एक महिना अगाडी हस्पिटलको लापारबाहीले गर्दा विराटनगरका नगमा खातुनको मृत्यु भएको थियो । यता हस्पिटलका सञ्चालक बिनायक पन्तले रिफर भएर आएको विरामीको अवस्थामा गम्भिर भएकोले उपचारको क्रममा मृत्यु भएको बताए ।
बारम्बार विभादमा पर्दै आएको संजीवनी हस्पिटलले यस अघि हस्पिटलका नयाँ आएका व्यवस्थापकहरुले आम्दानीको लोभमा विरामी अन्यत्र रेफर गरेको भन्दै डाक्टरलाई ५० हजार रुपैयाँ जरिवाना गरि हस्पिटलबाट निस्कासन गरेको थियो ।