AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

डा. केसी कांग्रेसकाे हतियार बनेकाे भन्दै ओली–दाहाल झन् आक्रामक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ श्रावण २०७५, मंगलवार ०८:५६
3
Shares
फाइल तस्वीर
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले डा. गोविन्द केसी राजनीतिक स्वार्थको शिकार बनिरहेको आरोप लगाएका छन्।

डा. केसीलाई प्रमुख प्रतिपक्षी कांग्रेसले राजनीतिक हतियार बनाएर वार्ता गर्ने प्रक्रियामा समेत अवरोध पुर्‍याइरहेको उनीहरूले बताए।

‘वार्ता पनि विधि र प्रक्रियाबाट हुन्छ तर यहाँ यस्तो हुन नसकिरहेको छैन। तैपनि हामी भनिरहेका छौँ, आउनुस् वार्ता गरौँ,’ कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको ४०औं स्मृति दिवसका अवसरमा सोमबार राजधानीमाआयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘ठूल्ठूला युद्धको निकास त वार्ता र संवादबाटै भएको छ।’

उनले चिकित्सा क्षेत्र सुधारका लागि सरकार बहस गर्न तयार रहेको तर हठ मान्य नहुने बताए।

अर्का अध्यक्ष दाहालले पनि विपक्षी कांग्रेसले लाशमाथि राजनीति गर्न खोजेको आरोप लगाएकाे कान्तिपुर दैनिकमा समाचार छ। लोकतान्त्रिक भन्ने कांग्रेसको सरकारकै बेला केसी सबैभन्दा बढी अनशन बसेको उल्लेख गर्दै उनले त्यतिबेला के हेरेको भन्दै प्रश्न गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर