AArya
RUMPUM
animated ellipse animated ellipse

४० तोला चाँदी सहित भारतिय नागरिक पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ श्रावण २०७५, बुधबार १७:२१
3
Shares
विराटनगर / भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ४० तोला चाँदी सहित एक जना भारतीय नागरिक विराटनगरबाट पक्राउ परेका छन् ।

प्रहरीले विराटनगर भन्सार कार्यालय १ नम्बर ढाटबाट भारतको हाउडा बानीपुर पंचायतका २५ वर्षिय मृत्युजन्य पाठकलाई तयारी चाँदी सहित पक्राउ गरेको इप्रका रानी विराटनगरका प्रहरी प्रमुख सन्तोष निरौलाले जानकारी दिए । संङ्का लागेर चेकजाच गर्ने क्रममा पाठकले बोकेको कालो प्लाष्टिकको झोला भित्र चाँदीको तयारी गहना बरामद गरेको इप्रका रानीले जनाएको छ । पक्राउ परेका पाठकको साथबाट चाँदीको हातमा बाध्ने राखी २८ थान, कम्मरमा बाध्ने पेटी १ थानलगायतको विभिन्न चाँदीको गरगहनाहरु बरामद गरेको ईलाका प्रहरी कार्यालय रानीका प्रमुख निरौलाले बताए ।

पक्राउ परेका पाठकलाई आबश्यक कार्वाहीको लागी आज बिराटनगर भन्सार कार्यालयमा बुझाएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर