AArya
RUMPUM
animated ellipse animated ellipse

अलविदा कलाकार आर.पी भट्टराई(राजालाम)

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ मंसिर २०७३, शुक्रबार १२:५९
3
Shares
२४ मंसिर,विराटनगर / कलाकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय कलाकार रुद्र (आरपी) भट्टराइ(‘राजालाम’)को निधन भएको छ । भट्टराईको  विराटनगर ११ मधुमारामा फुपुको घरमा सुतेकै ठाउँमा निधन भएको हो ।15415917_908707189231174_1721696131_n
भट्टराई जातिको देवाली पूजाको लागि चार दिन अगाडी उनी काठमाण्डौबाट विराटनगर आएका थिए । बिहीबार बेलुकी फूपूको घरमा गएका भट्टराई बिहान मृत अवस्थामा भेटिएका थिए ।
बेलुकी खाना खाएर सुतेका आरपी बिहान मृत भेटिएको उनका भाई हरीले बताए । ४२ बर्षका आरपी प्रेसर र सुगर रोगबाट पीडित थिए । उनी आफ्नो मोटो शरीरका कारण चिन्तित थिए । उनका १७ र १३ वर्षका दुई छोरा र श्रीमति रहेका छन् । आरपी जेठा छोरा हुन । पछिल्लो समय उनले अभिनय गरेको चलचित्र ‘छक्का पन्जा’ अहिले हलमा चलिरहेको छ ।
उनले चलचित्र ‘वडा नम्बर ६’ लगायतका केहि सफल चलचित्रमा काम गरेका छन् । हाँस्य सिरियल ‘तितो सत्य’मा काम गरेपछि उनको चर्चा चुलिएको थियो । यहि, सिरियलबाट उनलाई ‘राजालाम’ उपनामले दर्शकले चिन्ने गर्थे ।
उनको विराटनगरको हाटखोलमा रहेको परोपकार घाटमा अन्त्यष्टी गर्ने परिवारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर