पूर्वाञ्चल खबर
तर डा. केसीले आफ्नो स्वास्थ्य जाँच गर्न मानेका छैनन् । शुक्रबार साँझदेखि डा.केसी पटक–पटक अर्धचेत अवस्थामा जाने गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा.पुजन रोकायाले बताए । ‘स्वास्थ्य अत्यन्तै जटिल छ,’ उनले भने, ‘शरीरमा अक्सिजन र ग्लुकोजको मात्रा निकै कम छ । मस्तिष्कमा रक्तसञ्चार पनि निकै कम छ ।’
यसैबीच डा.केसीका मागप्रति समर्थन जनाउन नेपाल विद्यार्थी संघको टोली जुम्ला आइपुगेको छ । संघले आइतबार बृहत् विरोधसभा र धर्ना गर्ने कार्यक्रम छ । आजको कान्तिपुर दैनिकमा यो खबर छापीएका छ ।