खबर पूर्वाञ्चल
आज विराटनगरमा अनलाईन मार्फत लोगो अनावरण गरिएको हो । प्रत्येक वर्ष अवश्यनै आफ्नो नारामा रहेर लोगो अनावरण गर्ने गरिन्छ । यस वर्ष अंकित थापाको नारा पायोनियर टु फ्यूचर वेटर टुगेदरमा रहेर आज लोगो अनावर गरिएको हो । लोगो अनावरण पछि ‘जेसिज र तपाई’ विषयमा अनलाईन अभिमुखीकरण गरिएको छ ।
जेसिजका बारेमा नेपाल जेसिजको पुर्व अध्यक्ष राजेन्द्रबहादुर श्रेष्ठले जेसिज आस्था र विराटनगर जेसिजका बारेमा प्रशिक्षण दिए । विराटनगर जुनियर जेसिजका संस्थापक अध्यक्ष डा।सन्देशदास श्रेष्ठले जेसिज सदस्यका फाईदा र सदस्य किन हुने विषयमा, पुर्व अध्यक्ष सन्दिपदास श्रेष्ठले जेसिज र नेपाल जेसिजका बारेमा, नेपाल जेसिजको पुर्व उपाध्यक्ष सुमनकृष्ण श्रेष्ठले लक्ष्य र उद्देश्यका बारेमा सहजीकरण गरे ।
अनलाईन तालिममा ८५ जनाको सहभागीता रहेको जुनियर जेसिजका तालिम निर्देशक जिना शर्माले जानकारी दिइन् ।