AArya
RUMPUM
animated ellipse animated ellipse

‘दुई तिहाइको आडमा मनपरीतन्त्र’

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ असार २०७५, आईतवार ०७:३७
3
Shares
विराटनगर / नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले दुई तिहाइको दम्भमा सरकार संविधानलाई तहसनहस बनाउने खेलमा लागेको आरोप लगाएका छन् ।

विराटनगरमा शनिबार अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकारको आडमा मुलुकमा मनपरीतन्त्र मौलाउँदै गएको बताए ।

‘दुई तिहाइको बलमा सरकार संविधान र कानुनविपरीतका काम गरिरहेको छ,’ उनले भने, ‘सरकारले प्रतिपक्षमा कांग्रेस छ भनेर बुझोस् ।

अब सरकार हुकुमी र तानाशाही शैलीमा अगाडि बढे कांग्रेसले प्रतिवाद गर्दछ ।’ सरकार गठनको ६ महिना नबित्दै जनमानसमा अनेक शंका, उपशंका उब्जिन थालेकाले कांग्रेस सजग र सचेत भएको उनले बताए । आजको कान्तिपुर दैनिकमा यो खबर छापीएका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर