RUMPUM
animated ellipse animated ellipse

न्यु सृस्टि दैनिकलाई मिडिया फुटसल कपको उपाधी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० असार २०७५, शनिबार १९:०७
3
Shares
विराटनगर / न्यु सृस्टि दैनिकले विराटनगरमा भएको मिडिया फुटसल कपको उपाधी जितेको छ । आज भएको फाइनल खेलमा न्यु सृस्टिले नागरिक दैनिकलाई ८–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै मिडिया फुटसल कपको उपाघि चुमेको हो । फाईनल खेलमा न्यू सृष्टि दैनिकको तर्फबाट पुष्पराज काफ्ले ६ गोल गरेका थिए भने मदन खतिवडा र शंकर खरेलले एक – एक गोर गरेका थिए । नागरिकको तर्फबाट रोशन वुढाथोकीले एक गोल गरेका थिए ।

ओवी मिडीया प्रालिले आयोजना गरेको मिडिया कपमा आठ टिमको सहभागिता रहेको थियो । जनबिद्रोह दैनिक, उदघोष दैनिक, नेपाल टाईम्स र आयोजक आवर विराटनगर अनलाईन प्रतियोगिताको पहिलो चरणबाट बाहिरिएका थिए । मकालु टेलिभिजन र कोशी एफएम सेमिफाइनलमा पराजित भए । न्यु सृस्टि दैनिकले पहिलो चरणमा आयोजक आबर विराटनगर अनलाईन र सेमिफाईनलमा कोशी एमएमलाई पराजित गरि फाइनलमा प्रवेश गरेको थियो भने नागरिक दैनिकले नेपाल टाइम्स र मकालु टलिभिजनलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो ।

रसिया जारी विश्वकपको आईतबार हुने फाईनललाई अझ रोमाञ्चक बनाउन विराटनगरमा रहेका मिडीया हाउस विच एकआपसमा भाईचारा कायम राख्ने उदेस्यले एक दिने मैत्रीपुर्ण मिडीया कप फुटसल आयोजना गरिएको ओवी मिडीयाका निर्देशक विवेक दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर