पूर्वाञ्चल खबर
पति विदेश गएपछि छोराको पढाई र घर खर्च अभाव भएको भन्दै स्थानीय हेमनारायण चौधरीकी पत्नि रामपरिदेवीले गाउँका महिलाहरुसँग घरलौरी ऋण उठाएर वेपत्ता भएको पीडितहरुको गुनासो छ ।
छोरा इन्द्रनारायणको पढाईका लागि भन्दै रामपरीले रकम संकलन गरेको उनीहरुको भनाई छ । रामपरीका दुई भाई छोरा मध्ये इन्द्रनारायण भारतको वेङ्लौर र ध्रवु राजविराजमा अध्ययनरत छन् ।
वेपत्ता रामपरी विरुद्ध गाउँका करिव ४० जना महिलाले ईलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दर्ता गराएका छन् । ब्यवहारीक कठिनाई देखाएर ठगि गरेको उल्लेख गर्दै दर्ता गराईएको उजुरीमा रामपरीले हरेक महिलासँग ६ हजारदेखि ६ लाख २९ सम्म ऋण उठाई करिव ६० लाख रकम जम्मा गरेर वेपत्ता भएको उल्लेख छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।