पूर्वाञ्चल खबर
जीवन विकास समाजको आयोजनामा भएको तालिममा झापा, मोरङ र सुनसरीका ३५ सामुदायिक विद्यालयका ४७ जना शिक्षिका सहभागी थिए ।
आज एक औपचारिक कार्यक्रमबीच प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले तालिमको समापन गरेका छन् । त्यस अवसरमा बोल्दै मन्त्री घिमिरेले सामुदायिक विद्यालयको पठन पाठनलाइ अत्याधुनिक विधिबाट अघि बढाउन भएको तालिम निकै फलदायी हुने बताए ।
तालिमको सहजीकरण काठमाडौका प्रशिक्षकद्वय रीता घिमिरे र रीता आचार्यले गरेका थिए । जीवन विकासका सभापति तथा कार्यकारी निर्देशक योगेन्द्र मण्डलले सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार गर्न सहयोग गरिएको बताए । त्यस अवसरमा निर्देशक सञ्जयकुमार मण्डलले पनि मन्तव्य राखेका थिए ।
सहभागीको तर्फबाट मन्तब्य राख्दै झापाकी राधिकादेवी क्षेत्रीले यो तालिम निकै व्यवहारिक रुपमा सम्पन्न भएको र यसबाट प्राप्त ज्ञानलाई व्यवहारिक रुपमा कार्यक्षेत्रमा लागू गर्ने बताइन् ।