RUMPUM
animated ellipse animated ellipse

सात विद्यार्थीलाई छात्रवृति

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ असार २०७५, शनिबार १५:४८
3
Shares
विराटनगर / स्वर्गिय सुवर्णबहादुर अमात्यको ३८ औं स्मृतिको अवसरमा ७ विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिएको छ ।

मोरङको रंगेली १ ववियाविर्तामा रहेको सनरे ईङलिस बोर्डिङ स्कूलका छात्रछात्राहरुलाई छात्रवृति प्रदान गरिएको हो ।

स्कुल परिसरमा आज एक कार्यक्रमको आयोजना गरी ७ जना विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिएको स्कुलका प्रिन्सिपल केदार पौडेलले जानकारी दिए । स्कूलमा अध्ययनरत जेहेन्दार तथा मेहनती र निम्न स्तर भएका विद्यार्थीहरुलाई स्वर्गिय अमात्यको ३८ औं स्मृतिको अवसरमा उनीहरुलाई छात्रवृति प्रदान गरिएको हो ।

छात्रावृति पाउने विद्यार्थीहरुमा सविता मुडरिया, प्रविन बयलकोटी, नेहा राजवंशी, राहुल साह, आदित्य सरदार दिपेस खड्का र विनिसा मार्ठीले छात्रवृति पाएका हुन् । उनीहरुलाई अमात्यका भाई विराटनगरका सुवास अमात्यले नगद ७५ हजार तथा झोला वितरण गरिएको हो ।

वि.स २०५४ सालमा स्थापना भएको स्कूलले विभिन्न खेलकुद प्रतियोगीतमा प्रथम भएर नाम कमाउन सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर