पूर्वाञ्चल खबर
‘दात दुख्ने समस्याले गर्दा केही दिनयतादेखी केही खान नसक्ने भएको थिए,’ हस्पिटलमा उपचार पछि फलोअपमा आएकी राजवंशीले भनिन्, ‘हस्पिटलमा रहेका चिकित्सवलाई देखाए पछि अहिले ठिक छ । नियमित रुपमा चेकअप गरेपछि औषधी सेवनले ठिक बनायो ।’
उनीमात्र होइन जीवन विकास पब्लिक हेल्थ सेन्टरमा आएर उपचार गर्ने थुप्रै विरामीको सफलता पूर्वक उपचार गरी ठिक भएका छन् । शहरी क्षेत्रमा खुलेको हस्पिटल जस्तै सम्पूर्ण सेवाहरु जीवन विकासको पब्लिक हेल्थ सेन्टरमा दिएपछि अहिले विरामीको चाप समेत बढेको छ ।
ग्रामिण क्षेत्रका विरामीहरुलाई लक्षित गरी स्थानिय स्तरमा सम्पूर्ण स्वास्थय सेवाहरु जीवन विकास पब्लिक हेल्थ सेन्टरले दिएपछि अहिले धेरैलाई राहत भएको स्थानियको भनाई छ ।
जीवन विकास समाज द्धारा सञ्चालित जीवन विकास पब्लिक हेल्थ सेन्टरले आफनो सदस्यहरुलाई विशेष छुटमा उपचार गर्ने गरेको छ । दैनिक रुपमा ओ.पी.डि. देखी, प्रसूति तथा स्त्रीरोग सेवा, फिजिसियन सेवा, मुख तथा दन्तरोग सम्मको सेवाहरु रहेको छ । त्यस्तै अत्याधुनिक सुविधा सम्पन्न डाईग्नोष्टिक तथा रेडियोलोजी सेवाहरु प्रदान गर्दै आएको छ ।
हस्पिटको अनुसार जीवन विकासमा आवद्ध परीवारको लागि दर्ता शुल्कमा ५० प्रतिशत छुट, ल्याव तथा अन्य सेवामा १० देखी २५ प्रतिशत छुट दिएको छ । हस्पिटलमा आएर छुट लिने विरामीको लागि जीवन विकास समाजको परिचयपत्र लिएर आउनुपर्ने नियम लागु गरेको बताइएको छ ।
विराटनगरको विराट मेडिकल कलेज र विराट नर्सिङ होममा यस संस्थाका सदस्यहरुले उपचार गराउँदा २५ प्रतिशतसम्म छुट पाउँछन् । संस्थाका सदस्यहरुलाई बिरामी पर्दा सहुलियत होस् भनेर स्वास्थ्य संस्थासँगको सहकार्यमा यस्तो योजना ल्याइएको संस्थाले जनाएको छ । कटहरी गाउँपालिकामा रहेको स्वास्थ्य संस्थामा पूर्वभरीका संस्थाका सदस्यहरुले सेवा लिइरहेका छन् । ‘अरु स्वास्थ्य संस्थाभन्दा त्यहाँ छुट हुन्छ,’ संस्थाको वरिष्ठ अधिकृत सन्जयकुमार मण्डलले भने, ‘गरिब सदस्यहरुलाई सानो छुट हुँदा पनि निकै ठूलो सहयोग हुन्छ ।’
जीवन विकास समाजको मुख्य काम वित्त परिचालन हो । सुनसरी, मोरंग, झापा, इलाम, धनकुटा, उदयपुर र सिन्धुलील गरी ७ वटा जिल्लाहरुबाट ७५ वटा शाखाहरुमार्फत् १ लाख ९० हजार ८ सय ४७ जना सदस्यहरुले वित्तीय सेवा दिइरहेको छ । संस्थाले शिक्षादेखि आवाससम्मका प्रयोजनमा ऋण लगानी गर्ने गरेको छ ।