RUMPUM
animated ellipse animated ellipse

बिद्यार्थीलाई व्यावसायिक दक्षता बिकास गर्न मेरिल्याण्डमा समर क्लासू सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ असार २०७५, बिहीबार १७:४६
3
Shares
बिराटनगर / मेरील्याण्ड कलेज विराटनगरमा बिद्यार्थीको लागि ूसमर क्लासू सुरु भएको छ।

मेरिल्याण्ड कलेज बिराटनगरले आफ्ना बिद्यार्थीका लागि जीवनउपयोगी शिक्षा र बिद्यार्थीलाई व्यावसायिक दक्षता बिकास गर्न का लागि ूसमर क्लासू संचालनमा ल्याएको हो ।

आफ्ना स्नातकतह दोस्रो बर्षका बिद्यार्थीको लागि कलेजले आजदेखि समर क्लास सुरु गरेको कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर बिबेक दाहालले जानकारी दिए। समर क्लासमा बिद्यार्थीहरुलाई ३ महिना सम्म बिभिन्न जीवन उपयोगी तालिम , औधोगिक क्षेत्र भ्रमण, लिडरसिप सेमिनार साथै बिभिन्न क्षेत्रका श्रोत व्यक्तिबाट अनुभव आदानप्रदानको कार्यक्रम पनि राखिएको कलेजले जानकारी दिएको छ।

बेलायतको वल्भरह्याम्टन विश्वविद्यालयको ब्य्वास्थापन संकायको स्नातकतह संचालन गर्दै आएको उक्त कलेजमा बिद्यार्थीको आकर्षण बढ्न थालेको छ ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजमा बेलायतको बिजनेस डिग्री ९बिबिएम० सर्वशुलभ शुल्कमा अन्तराट्रिय स्तरमा नै पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा हाल मेरिल्याण्ड कलेज बिराटनगर , इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं , इटहरी इन्टरनेसनल कलेज र इन्फोर्म्याटिक्स कलेज पोखरा संचालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर