AArya
RUMPUM
animated ellipse animated ellipse

पुरानो बुलेटको प्रि प्रोडक्सनको कार्य पूरा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ असार २०७५, बुधबार १६:०३
3
Shares
काठमाडौं / क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.ले निर्माण गर्न लागेको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’को सम्पूर्ण कार्य सकेर छांयाकनको लागि तयार भएको छ ।

असार ७ गते विहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चलचित्रको घोषणा गरिएको थियो । असार १५ गते काठमाडौंबाटै छायांकन सुरु हुने निर्माण पक्षले जानकारी दिएको छ ।

काठमाडौंको छायांकन सकेर पुरानो बुलेट टिम पूर्वाञ्चल (प्रदेश नं. १) तर्फ लाग्ने कार्यकारी निर्माता सन्तोष राईले जानकारी दिए । यस्तै चलचित्रको निर्माण नियन्त्रक याम प्रसाद ओलीले भने… हाम्रो प्रि पोडक्सनको सम्पूर्ण कार्यहरु सकिएको छ यस्तै कलाकारहरु पनि तम्तयार छन्, मात्र फ्लोचरमा जान बाँकी हो । चलचित्रमा कलाकारहरु अनुपविक्रम शाही, वर्षा शिवाकोटी, माला लिम्बु, कविता आले मगर, कृष्णभक्त महर्जन, शिव मुखिया, शिरोमणि दवाडी, विराज राई लगायतले अभिनय गर्नेछन् । यस्तै निर्माताहरुमा अशोक साम्पाङ राई, विरेन साम्बा, दिपेन लिम्बु, टिकाराम राई रहेका छन् ।

हरि घले लामाले खिच्ने यस चलचित्रको टाइटल सङ जयन जे वाइले तयार पारेका हुन् । सन्तोष राई र भीषणको राई कथा, उत्तमजंग लिम्बुको संगीत, राजेश पायल राई, मेलिना राई र जयन जे वाइवाको स्वर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर