AArya
RUMPUM
animated ellipse animated ellipse

मेक्सिकोसँग पराजित हुँदै कोरिया घर फर्कियो भने मेक्सिको नकआउट चरणमा प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ असार २०७५, शनिबार २२:५९
3
Shares
विराटनगर / रसियामा भएको विश्वकप फुटबल–२०१८ मा पहिलो खेलमा साविक विश्व विजेता जर्मनीलाई सनसनिपूर्ण रूपमा पराजित गरेको मेक्सीकोले दक्षिण कोरियालाई पराजित गर्दै नकआउट चरण पुगेको छ ।

आज भएको समूह एफको खेलमा मेक्सीकोले एसियाली राष्ट्र दक्षिण कोरियालाई २–१ गोल अन्तरले पराजित गरि नकआउट चरण प्रवेश गरेको हो । पराजित कोरिया विश्वकपबाट बाहिरिएको छ । मेक्सीकोले पहिलो खेलमा साविक विश्व विजेता जर्मनीलाई १–० को गोल अन्तरले पराजित गरेको थिया भने दक्षिण कोरिया स्विडेनसँग १–० को गोल अन्तरले पराजित भएको थियो ।

खेलको २६ औं मिनेटमा मेक्सीकोका कार्लोस भेलाले पेनाल्टीबाट गोल गर्दै मेक्सीकोलाई अग्रता दिलाएका थिए । कोरियाका जाङ ह्यूनसोले पेनाल्टी क्षेत्रमा बल हातले छेकेपछि मेक्सिकोले पेनाल्टीको अवसर पाएको थियो । दोश्रो हाफको ६६ औं मिनेट मेक्सिकोका जाभियर हर्नान्डेजले गोल गर्दै मेक्सीकोको अग्रतालाई दोब्बर पारे । कोरियाका एच एम सोनले अतिरिक्त समयको तेश्रो मिनेटमा सान्तवना गोल फर्काए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर