पूर्वाञ्चल खबर
बेल्जियमको जितमा इडन हजार्ड र रोमेलु लुकाकुको दुई–दुई गोल तथा बाट्सुयायी एक गोल गरे । पराजित भएसँगै ट्युनिसिया भने समूह चरणबाटै बाहिरिएको छ ।
बेल्जियमले छैटौं मिनेटमा नै कप्तान हाजार्डको पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । १० मिनेटपछि लुकाकुले गोल थपे । तर, त्यसको दुई मिनेटपछि नै ट्युनेनियाले गोल फर्कायो । ब्रोनले १८ औं मिनेटमा हेड गोल गर्दै २–१ को स्थितिमा ल्याए ।
पहिलो हाफको अतिरिक्त समयमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई फेरि २ गोलको अग्रता दिलाए ।
दोस्रो हाफमा पनि बेल्जियम हाबी भयो । ५१ औं हिनेटमा हाजार्डले अर्को गोल थप्दै खेललाई ४–१ को अन्तरमा र्पुयाए ।
अतिरिक्त खेलाडी बाट्सुयायीले ९० औं मिनेटमा बेल्जियमका लागि अर्को गोल गरे । तर, ट्युनिसयाले हार भने मानेन । इन्जुरी टाइममा ट्युनिसियाका खाजरीले गोल गर्दा खेल ५–२ मा टुंग्याए । ७ गोल भएको यो खेल जारी विश्वकपमा सवैभन्दा बढी गोल भएको खेल हो।