पूर्वाञ्चल खबर
अभिभावकले दैनिक रुपमा खाजा खान दिएको पैसाँ जम्मा गरी विद्यार्थीहरुले विराटनगरमा रहेको पूर्वाञ्चल बाल आश्रममा अध्ययन गर्ने विद्यार्थीको लागि स्टेशनरीको समाग्री वितरण गरेका छन् । पूर्वाञ्चलका विद्यार्थीहरुले १० हजार २ सय मुल्य बरावरको स्टेशनरी समाग्री आज बालआश्रममा वितरण गरेको स्कूलका शिक्षक बिजेस यादवले जानकारी दिए ।
‘सामाजिक काम गर्न हामी सबैको इच्छा थियो,’ कक्षा आठमा अध्ययरत विवेक यादवले भने, ‘कक्षामा सल्लाहा गरेपछि खाजा खर्च कटाई बालआश्रमका विद्यार्थीलाई सहयोग गरेका हौं ।’
स्कूलका प्रिन्सिपल अर्जुन श्रेष्ठले विद्यार्थीहरुको आफनै सक्रियताले समाजिक काममा अगाडी बढेको बताए ।