२२ मंसिर, विराटनगर /महिला पुनः स्थापना केन्द्र (ओरेक) नेपालले मोरङको ग्रामिण क्षेत्रमा रहेको पाँच वटा गाविसमा बालिका तथा युवा महिलाको लागि समान अधिर र अवसर मुलक सचेता मूलक अभियान सञ्चालन गर्ने भएको छ ।
प्लान नेपालको सहयोगमा सन २०१६ देखि डिसेम्बर २०१७ सम्म ती गाविसहरुमा सचेतामूलक कार्यक्रम सञ्चालन गर्ने बुधबार जिल्ला विकास समितिको कार्यालय मोरङमा सरोकारवालाहरुसँग छलफल कार्यक्रम आयोजना गरी जानकारी गराएको हो ।
ओरेकले मोरङको पहाडी गाविस भनेर चिनिने याङ्गशिला, केराबारी, सिसवनी जहदा, नोचा र कदमहामा सचेता मूलक कार्यक्रम गर्ने भएको ओरेकको मोरङ, सुनसरी परियोजना संयोजक मौसम राईले जानकारी दिए ।
अभियानको क्रममा पाँच वटा गाविसमा रहेका बालिका र युवा महिलाहरुलाई लैगिंक विभेदमा आधारित हिंसा, बालविाह, यौन दुव्र्यहार जस्ता विकृतीको सचेता फैलाउने अभियान सञ्चालन गर्ने बताएको छ । ओरेकले मोरङको २३ वटा गाविस र सात वटा नगरपालिका आफनो कार्य क्षेत्र बनाएर विभिन्न सचेता मूलक कार्यक्रमहरु गर्दै आएको बताइएको छ ।