पूर्वाञ्चल खबर
आज भएको समूह डीको पहिलो खेलमा अर्जेन्टिनालाई आइसल्याण्डले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हो ।
अर्जेन्टिनालागि सर्जियो अग्यूरोले १९ औँ मिनेटमा गोल गरेका थिए । जसको जवाफ आइसल्यान्डका फिनबोग्सनले २४ औँ मिनेटमा गोल गरेर बराबरी गरेका थिए। खेलका नायक बने आइसल्यान्डका गोल किपर हनेस हल्डरसन । उनले म्यान अफ द म्याच प्रदर्शन गर्दा मेसीले प्रहार गरेको पेनाल्टी रोकेका थिए। अर्जेन्टिनाले ६४ औँ मिनेटमा पाएको पेनाल्टी मेसीले प्रहार गरेको पेनाल्टीलाई हल्डरसनले रोकेका थिए ।