AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

जयललिताको ६८ वर्षको उमेरमा निधन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ मंसिर २०७३, मंगलवार २०:१८
3
Shares
२१ मंसिर, चेन्नई/ भारतको तमिलनाडु राज्यकी मुख्यमन्त्री जयललिताको ६८ वर्षको उमेरमा ह्दयघातका कारण आज निधन भएको छ ।
उनी गत सेप्टेम्बर २२ देखि नै बिरामी भई अस्पताल भर्ना भएकी थिइन् । उपचारपश्चात् उनको अवस्था राम्रो भएको भन्दै गत महिनामात्र उनलाई अस्पतालको ‘इसीएमओ’ कक्षबाट प्राईभेट रुपमा सारिएको थियो । पदमा नै रहँदा मृत्यु हुने ललिता दोस्रो मुख्यमन्त्री हुन् ।
दुई दिन अगाडि मात्र उपचार गरिएको अस्पतालले उनलाई पूर्ण रुपमा निको भएकाले घर फर्कन समेत बताएको थियो । तर, आइतबार उनलाई अकस्मात ह्दयघात भएको बताइएको थियो । उपचारमा संलग्न डाक्टरहरुले स्वास्थ्यावस्था निकै जटिल भए पनि यो अवस्थाका धेरै बिरामी विगतमा ठीक भएको अनुभव आफूहरुसँग भएका डाक्टरहरुले बताएका थिए ।
सोमवार रातको १२ बजे चेन्नईस्थित एपोलो अस्पतालले उनको मृत्यु भएको घोषणा डाक्टर गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक विज्ञप्ति जारी गर्दै जयललिताको मृत्युले राजनीतिमा एक रिक्तता सिर्जना गरेको बताएका छन् ।
मोदीले ललिताको जनतासँगको सम्बन्ध र गरिब, महिला र सिमान्तकृत वर्गको हितको लागि उनले गरेको कामहरु आफ्नो लागि प्रेरणाको स्रोत बन्ने बताएका छन् ।
आइतबार उनलाई अकस्मात हृदयघात भएपछि इसीएमओ र लाइफ सपोर्ट सिस्टममा राखेर उपचार गरिएको थियो । उनलाई डाक्टरहरुको एक टोलीले उच्च निगरानीका साथ उपचार गरेको थियो र सपोर्टका लागि दिल्लीको एम्स अस्पतालका डाक्टरहरुलाई समेत चेन्नई एपोलो अपस्तालमा लगिएको थियो ।
उनको स्वास्थ्य लाभको कामना गर्दै अस्पताल बाहिर ठूलो संख्यामा सर्वसाधारण तथा पार्टी कार्यकर्ताहरु अस्पताल बाहिर भेला भई उनको स्वास्थ्यलाभको कामना गरेका थिए । त्यहाँ जुनसुकै बेला हिंसा भड्किन सक्ने आशंका केन्द्र सरकारले सुरक्षाफौजलाई तयारी अवस्थामा राखेको छ ।
जयललिता सन् १९९१ देखि १९९६, २००२ देखि २००६ र २०११ देखि २०१४, २०१५ देखि अहिलेसम्म पनि मुख्यमन्त्री भएकी थिइन् । उनी सन् १९९१ मा सबैभन्दा कम उमेरकी मुख्यमन्त्री बनेकी थिइन् । सन् २०१४ मा उनलाई भ्रष्टाचारको आरोप लागेपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिइन् । त्यही बेलादेखि उनको स्वास्थावस्था कमजोर बन्दै गएको थियो ।
२० वर्षको दौरानमा उनलाई १५ वटा मुद्दाहरु लागेका थिए । जसमध्ये आठबाट भ्रष्टाचारसँग मात्र सम्बन्धित थिए । विगतको दुई वर्ष उनको राजनीतिक र कानुनी लडाइँ निकै पेचिलो बनेको थियो । त्यसबाहेक आयकरसम्बन्धी मुद्दासमेत उनीमाथि लागेको थियो । उनका वकिलहरुलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जति आरोप लागे पनि कुनै पनि हालतमा विचलित नहुने उनको बानी थियो ।
उनलाई स्थानीय अदालतले भ्रष्टाचारी ठहर गरी चार वर्ष जेल सजायको समेत घोषणा गरेको थियो । तर कर्नटका उच्च अदालतले सन् २०१५ मे महिनामा निर्दाेष ठहर गरेपछि उनले मुख्यमन्त्रीको शपथ खाएकी थिइन् । सन् २०१६ मा भएको निर्वाचन जितेपछि उनले छैटांै पटक मुख्यमन्त्रीको रुपमा रहेकी थिइन् । राजनितमा आउनु अगाडि उनी तमिल, तेलंगु र कन्नडाका चर्चित अभिनेत्री हुन् ।
उनले १ सय ४० फिल्म खेलेकी थिइन् । सन् १९६१ देखि १९८० सम्म उनलाई विशेष गरेर भर्सटाइल नायिकाको रुपमा रुपमा लिइन्छ । उनी एक प्रखर तथा जनताको बीचको एकदमै प्रसिद्ध राजनीतिकर्मीको रुपमा लिने गरिन्छ । उनलाई उनका पार्टीका नेता तथा कार्यकर्ताहरुले आमा भनेर बोलाउने गर्दछन् ।
उनको जन्म सन १९४८ फेब्रअरी २४ मा भारतको कर्नाटकमा उनको जन्म भएको हो । उनका बुवा वकिल जयरामको उनी दुई वर्षको हुँदा मृत्यु भएको थियो । जयललिताको पहिलो फिल्म अंग्रेजी भाषामा बनेको थियो । ‘इप्टल’ नामक सो फिल्म सन् १९६१ मा रिलिज भएको थियो । सन् १९६० र ७० को दशकमा उनको भूमिका रहेका कैयौं फिल्महरु छन् । सन् १९८० को दशकदेखि उनले राजनीतिक यात्रा शुरु गरेकी हुन् । विशेषतस् मुख्यमन्त्री रहेका बखत उनले ल्याएको गरिब केन्द्रित कार्यक्रम तथा पपुलिष्ट नीति तथा कार्यक्रमका कारण चर्चित रहेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर