AArya
RUMPUM
animated ellipse animated ellipse

एकता विराटचौक सेमिफाईनल प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ जेष्ठ २०७५, सोमबार २०:१७
3
Shares
गोपाल काफ्ले
पथरी / मोरङको पथरीशनिश्चरेमा जारी तेस्रो किर्तिपुर गोल्डकपमा न्यू स्टार क्लव झापालाई ट्राईबेकरमा २ बिरुद्ध ४ गोल गर्दै एकता फुटवल क्लव विजयी विजयी भएको छ ।

खेलको निर्धारित समयमा दुवै तर्फबाट १–१ गोल भए पछी खेल ट्राईबेकरमा धकेलिएको थियो । दोस्रो हाफको १० औं मिनेटमा एकता क्लव विराटचोकका अभिषेक लिम्बुको पासमा डगेन राई गोल गर्दै खाता खोलेका थिए । निकै प्रतिस्प्रदात्मक खेलमा झापाका विशाल दर्जिले किपरबाट फुत्कीएको बललाई सदुपयोग गर्दै खेलको ३२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यस पछि खेलमा कुनै गोल हुन सकेन खेल ट्राईबेकरमा लम्बिएको थियो ।

ट्राईबेकरमा बिराटचौकका अभिषेक लिम्बू, विवेक पौडेल, सुमन श्रेष्ठ, बिरेन्द्र लिम्बुले गोल गरे भने झापाका सनम राई र बिश्वास लिम्बुले गोर गरे भने रमेस राजवंशी, हिसप थपलिया गोल गर्न बाट चुकेका थिए । ट्राईबेकरमा एकताका गोल किपर सनम राईले २ वटा उत्कृष्ट बचाउ गरेका थिए ।

खेलको म्यान अफ द म्याच एकताका गोल किपर सनम राई घोषित हुँदै नगद १५०० प्राप्त गरे । मंगलबारको खेल दङगा प्रहरीका बिरुद्ध धरान फेन क्लब सुनसरीका बिच हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर