पूर्वाञ्चल खबर
हिस्टान पथरीशनिश्चरेले प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम.घिमिरे, शैक्षिक संयोजक एवम् विद्यालय निरीक्षक दुर्गाप्रसाद सिग्देल र सञ्चारकर्मीको उपस्थितिमा चार सूत्रीय माग समेटिएको ज्ञापनपत्र नगरलाई बुझाएको हो ।
पथरीशनिश्चरे नगर अध्यक्ष राजु तिम्सिनाको अगुवाइमा भएको सोे ज्ञापनपत्रमा कक्षा ९ देखि १२ सम्मको माध्यमिक तहमा तत्काल आवश्यकता अनुसार शिक्षक व्यवस्थापन गर्नुपर्ने पहिलो माग समेटिएको छ भने साविक उच्च माविमा पढाउने शिक्षकको मर्यादाक्रमअनुसार हाजिरी हुनुपर्ने, प्राज्ञिक उन्नतिका लागि अवसर प्रदान गरिनुपर्ने र निजी स्रोतमा कार्यरत शिक्षकको पारिश्रमिक पनि सरकारी सरह कायम हुुनुपर्ने माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै नगर प्रमुख राईले शिक्षकहरुले उठाएका विषयमा आफू सकारात्मक रहेको र उल्लेख भएका समस्यालाई सरोकारवालासम्म पुर्याएर समस्या समाधान गर्ने प्रतिबद्धता दिए ।
हिस्टानको केन्द्रीय नीति र आन्दोलनका चरणबद्ध कार्यक्रमअन्तर्गत नगरभित्र क्रियाशील हिस्टानले पनि स्थानीय निकाय प्रमुखलाई उक्त ज्ञापनपत्र बुझाएको हिस्टान मोरङका सदस्य बुद्धिनाथ अधिकारीले जानकारी दिए ।