AArya
RUMPUM
animated ellipse animated ellipse

पथरी ११ लाई हराउदै धरान अन्तिम चारमा प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ जेष्ठ २०७५, आईतवार २१:३३
3
Shares
गोपाल काफ्ले
पथरी / पथरीशनिश्चरेमा जारी तेस्रो किर्तिपुर गोल्डकपमा पथरी ११ लाई शुन्यका बिरुद्ध २ गोलले पराजित गर्दै धरानको फेन क्लव अन्तिम चारमा प्रवेश गरेको छ ।

धरानका लागि खेलको १० र १४ औं मिनेटमा मिलन राईले गोल गर्दै धरानलाई विजयी बनाएका हुन् ।
खेलमा पथरी ११ ले गोल गर्ने धेरै राम्रा अवसर पाए पनि स्कोर निकाल्न नसक्दा हार बेहोर्नु परेको थियो ।
खेलको पहिलो हाफमा मिलन राईले गरेको २ गोल नै खेलको निर्णनायक गोल बनेको हो ।

खेलको म्यान अफ द म्याच धरानका मिलन राई घोघित भए । उनले नगद १५०० प्राप्त गरे ।
सोमबारको खेल न्यू स्टार क्लब चारआलीका बिरुद्ध एकता फुटवल क्लब बिराटचौक बिच हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर