AArya
RUMPUM
animated ellipse animated ellipse

चापागाईको वार्षिक पुण्यतिथिमा विविध कार्यक्रम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ मंसिर २०७३, मंगलवार १८:१७
3
Shares
२१,मंसिर,विराटनगर/ समाजसेवी सुशीला चापागाईको प्रथम वार्षिक पुण्यतिथिका अवसरमा नारी विकास संघ विराटनगरले विविध कार्यक्रमको आयोजना गरेको छ ।
नारी विकास संघ विराटनगरकी संस्थापक अध्यक्षसमेत रहेकी चापागाईंको प्रथम वार्षिक पुन्यतिथिका अवसरमा आयोजित कार्यक्रममा स्मृतिग्रन्थको नेपाली कांग्रेसका मोरङ सभापति तथा सांसद डिकबहादुर लिम्बुले बिमोचन गरेका थिए । यस्तै सोही अवसरमा सुशीला चापागाई स्मृति पुस्तकालय र संग्रालयको उद्घाटन समेत गरिएको थियो ।
समारोहमा सांसद लिम्बूले महिलाको सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरणमा चापागार्इंले पु¥याएको योगदानको चर्चा गरेका छन् । कार्यक्रममा प्राज्ञ दधिराज सुवेदीले सुशीला चापागाईंले घरपरिवारबाट नै यातना र हिंसा खेप्नु परेको जानकारी दिए । झापाकी समाजसेवी बिष्णु ओडारीलाई ५ हजार नगदसहित सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर