AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

आफैंलाई गोली हान्न लगाउने धर्मगुरु आचार्य श्रीनिवास कारागार चलान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ जेष्ठ २०७५, बुधबार १८:४१
3
Shares
विराटनगर /आफैंमाथि गोली हान्न लगाएको अभियोग लागेका हिन्दु धर्मका धर्मगुरु स्वामी आचार्य श्रीनिवास पुर्पक्षको लागी कारागार चलान भएका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङमा आज दिउँसो प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको ईजलासमा भएको बहसपछि आचार्यलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो । श्रीनिवासलाई सुनसरीको झुम्का स्थीत क्षेत्रिय कारागारमा राखिने भएको हो ।

आदेशसँगै कडा सुरक्षाकाबीच श्रीनिवासाचार्यलाई जिल्ला प्रशासन कार्यालय मोरङ परिसरबाट निकालिएको थियो । उनलाई हात हतियार खर खजना २०१९ को दफा २४ को क बमोजिम प्रजिअ आचार्यको आदेश दिएका हुन् । उनी सहित उनका दुई सहयोगी माधव चौधरी र लक्ष्मीराज अधिकारी समेत जेल चलन भएका छन् । आदेशपछि झुम्का कारागार लैजाने तयारी गर्दैगर्दा श्रीनिवासाचार्यले विरामी भएको अभिनय गरेपछि उनलाई कोशी अन्चल अस्पताल भर्ना गरिएको छ । आचार्यले आफूलाई श्वास फेर्न गाह्रो भएको बताएपछि अस्पताल भर्ना गरिएको हो ।

उनले गत चैत २५ गते बिराटनगरको जतुवामा विहान १ बजेर ४५ मिनेटमा आफैले आफैलाई गोली हान्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर