पूर्वाञ्चल खबर
आज एक कार्यक्रमका विच भएको कार्यक्रममा मन्टेश्वरीमा अध्ययनरत १ सय ६० विद्यार्थीहरुको सहभागिता रहेका थिए । मोन्टेसरी शाखालाई विभिन्न रंगको बैलुनले सजाइएर विभिन्न खेल, गीत तथा नृत्य को माध्यमले निलो रंगको महत्व बारे बाल–बालीकालाई जानकारी गराइएको थियो ।
निलो रंगकै लुगामा सजिएको विद्यार्थीहरुलाई विद्यालयमासँगै लिएर आउने र विद्यालयबाट घर लैजाने बेलामा अभिभावकहरु पनि अत्यंत उल्लसित मुद्रामा देखिएका स्कूलका प्रिन्सिपल धिजनबाबु काफ्लेले जानकारी दिए ।
सामान्य शुल्क संरचना भएपनि केभीएम मन्टेश्वरीले दिंदै आएको सेवाको अभिभावकले प्रसंशा गरेका थिए ।