AArya
RUMPUM
animated ellipse animated ellipse

मदर टेरेसामा विद्यार्थी प्रतिनिधि छान्न निर्वाचन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ जेष्ठ २०७५, मंगलवार १६:०७
3
Shares
विराटनगर / विद्यार्थीहरुलाई प्रयोगात्मक ज्ञान बारे मदर टेरेसा मेमोरियल सेकेन्डरी स्कूलमा बार्षिक विद्यार्थी प्रतिनिधि छन्न निर्वाचन भएको छ ।

आज भएको निर्वाचनमा कक्षा ३ देखि १० सम्मका ३ सय ९२ जना विद्यार्थीले आफनो मताधिकार प्रयोग गरेका विद्यालयका शिक्षक तथा निर्वाचन अधिकृत बैद्यनाथ झाले जानकारी दिए । निर्वाचनबाट स्कूलका स्कूल प्रमुखमा प्रति राजवंशी र स्कुल उप प्रमुखमा सोनी यादबलगायतका ३१ जना पदाधिकारीहरु बहुमतले निर्वाचित भएका छन् । यस्तै निर्वाचित भएका पदाधिकारीहरुलाई स्कलका प्राचार्य अजय अधिकारीले एक कार्यक्रमको आयोजना गरि ब्याज तथा प्रमाण पत्र बितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर