पूर्वाञ्चल खबर
जिल्ला अदालत मोरङमा आज पूरक अभियोग दर्ता गरिएको हो । गोरेका सहयोगी खोज्ने क्रममा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले झापा दमकका बिनोद अधिकारी र दोलखा चरिकोटका मोतीराम श्रेष्ठलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै हुण्डीका कारोवारी भएको प्रहरी आरोप छ ।
अधिकारीको झापा दमकमा न्यू सिद्धकाली मनि ट्रान्सफर सञ्चालन गरिरहेका छन् । पक्राउ परेकाहरुलाई अपराधिक समूह स्थापना र संचालन गरी सुन अवैध चोरी पैठारी र चोरी निकासी, अपहरण र शरिर बन्धक तथा यातना र कर्तब्य ज्यान मुद्दामा पाच दिनको म्याद थप गरिएको हो ।