AArya
RUMPUM
animated ellipse animated ellipse

नेतृत्व परिवर्तन नभएसम्म कांग्रेसले गति लिन सक्दैन् –डा. कोइरालला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ बैशाख २०७५, सोमबार १५:०१
3
Shares
कुमोद अधिकारी
विराटनगर / नेपाली कांग्रेसका नेता डा.शेखर कोइराललाले कांग्रेसमा नेतृत्व परिवर्त आवश्यक रहेको वताए ।
नेपाल प्रेस यूनियन मोरङले विराटनगर आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेतृत्व परिवर्तन नभएसम्म कांग्रेसले गति लिन नसक्ने वताएका हुन् ।

नेतृत्वकै कारण निर्वाचनमा पार्टीले हार भोग्नु परेको वताउँदै काग्रेसलाई जोगाउन पनि सहि नेतृत्व आवश्यक रहेकोमा डा. कोइराललाले जोड दिए । पार्टी सभापती शेरवहादुर देउवा सभापतीको कुर्सिमा रहुन्जेलसम्म काग्रेस कमजोड हुने भन्दै नेतृत्व परिवर्तन हुनु पर्नेमा जोड र्दि । उनले कांग्रेसका विधान परिवर्तन गरेर भएपिन यथासक्दो चाडो महाधिवेशन वोलाउनु पर्ने वताए ।

नेता कोइरालाले पार्टी सभापती देउवाले विधान र सहमती मिचेर आफुमा शक्ति सन्चय गर्न खोजिरहेकाले त्यसले पार्टिमा अधिनायकवाद निमत्याउने वताए । पार्टी वलियो वनाउने भन्दापनि पार्टी सभापती व्यक्ति वलियो वनाउनेतर्फ लागेकाले यसले कांग्रेसलाई कमजोड वनाउने उनले वताए ।
इतिहासमै कांग्रेस अहिले कमजोड अवस्थामा रहेकाले पार्टीको विधान र सहमती मिचेर कोइपनि जान नहुने डा. कोइरालाले वताए ।

एक प्रश्नमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चार वर्षमा तीन पटक भएको नेपाल भ्रमणले मुलुककालागी महत्वपुर्ण उपलव्धि भएको समेत वताए । भारतीय प्रधानमन्त्रीको भ्रमणले नेपालको पर्यटकिय क्षेत्रमा समेत सकारात्मक प्रभाव परेकाले त्यसको सहि सदुपयोग गर्नु पर्ने उनले वताए । भारतीय प्रधानमन्त्रीको भ्रमण फलदायी भएको आफुले ठानेको उनले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर