AArya
RUMPUM
animated ellipse animated ellipse

पथरीमा प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ बैशाख २०७५, बिहीबार १६:४९
3
Shares
पथरी / मोरङको पथरीशनिश्चरे नगरपालिकामा १ नम्बर प्रदेश स्तरीय प्रथम सी.एम. कन्दङ्वा टी. ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।

पथरीशनिश्चरे क्रिकेट क्लबको आयोजना र एभरेष्ट अंग्रेजी आवासीय माध्यामिक विद्यालयको मुख्य प्रायोजनमा जेठ ५ देखि प्रतियोगिता हुने भएको छ । आज पथरीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।

क्रिकेट प्रतियोगितामा झापा, मोरङ र सुनसरीको १४ वटा टिम सहभागी हुने आयोजक क्वबका अध्यक्ष अरुण राईले जानकारी दिए । पथरीशनिश्चरे नगरमा अवस्थित पथरी रंगशालामा हुने प्रतियोगिताको विजेता र उपविजेता टिमलाई क्रमशः ३५ हजार र २० हजार नगर, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

सी.एम.(चन्द्रमान)कन्दङ्वा मोरङ पथरीमा स्थापित एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालयका संस्थापक हुन् । २०६२ फागुन २५ गते ७७ बर्षको उमेरमा दिगंवत कन्दङ्वाको सम्झना र सम्मानमा क्रिकेट प्रतियोगिताको लागि प्रायोजना गरिएको एभरेष्टका वर्तमान सञ्चालक रविन कन्दङ्वाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर