AArya
RUMPUM
animated ellipse animated ellipse

कंग्रेसमा गुटको राजनीति त्याग्न डा. कोइरालाको आग्रह

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ बैशाख २०७५, बुधबार १८:२६
3
Shares
फाइल तस्वीर
सुन्दर हरैचा / नेपाली कागेंसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पार्टीका आम कार्यक्रर्तालाई गुटको राजनीति तत्कालै त्यागेर पार्टी संगठनमा लाग्न आग्रह गरेका छन् ।

गुटको राजनीति सवैले छोडनुस अनि कांग्रेस बलियोे भएर जान्छ , आज मोरङको सुन्दर हरैचामा आयोजित सभामा बोल्दै डा. कोइरालाले भने, यस्तै स्थिति रहदै गयो भने पार्टी इतिहासकै कमजोर बन्छ ।

पार्टी सभापति शेरवहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेपाल विद्यार्थी संघका का्र्यकर्ताले काठमाण्डौको सुन्दरिजलमा बुधबार आयोजना गरेको छुट्टा / छुट्टै भेलालाई लक्षीत गर्दै डा. कोइरालाले पार्टीमा देखिएको चरम गुटबन्धि भातृ संगठनमा आएर छताछुल्ल भएको बताए ।

नेविसंघको एउटै कार्यक्रम एकै स्थानमा दुर्इ गुटले चलाए । पार्टीलाई विद्यि , विधान अनुसार चलाउन नसक्दा यो परिस्थितिको सृजना भएको उनको भनाई छ । विद्यि र विद्यान अनुसार पार्टी सञ्चालन गर्न गुटको अन्तय गर्न तत्कालै जिल्ला सभापति र महासमितिको भेला डाक्न’ पर्ने उनको सुझाब छ ।

सभापति र महासमितिकोे भेला पछि पार्टी एक ढिक्का हुने छ , डा कोइरालाले विश्वास व्यक्त गर्दै भने , दुवै भेलाले पार्टीको नयाँ विद्यान बनाउँँछ र त्यसको कार्यान्वय १४ औ महाधिवेशन पछि हुनेछ । यही गुटबन्धीका कारण पार्टीले गाँउ देखि केन्द्रसम्म पराजय भोग्नु परेको उनको ठम्मयाई छ । गुटका कार्यकर्ताले आफ्ना उम्मेदवारलाई मात्र विजयी गराउने हुँदा आज पार्टी यो स्थितिमा पुगेको हो डा. कोइरालाको आरोप छ ।

सभापति देउवाले पार्टीमा गुट चलाएको आरोप डा. कोइरालाले लगाए । सभापतिजी पार्टीलाई तदर्थ समितिमै अझै चलाउन खोज्दै हुनुहुन्छ डा. कोइरालाले भने देउवाजीको त्यो सपना कुनै पनि हालतमा पुरा हुन दिने छैनौ । देश संघीयतमा गइसकेको र गाउँ ,नगर , जिल्ला र प्रदेशको संरचना पार्टी भित्र गठन गनर्’पर्ने अवस्थमा भएकोले प’रानो विद्यि र शासन चल्न नसक्ने उनको ठोकुवा थियो । नयाँ संरचना अनुसार पार्टीलाई चलायामान गराउन सकियो भने आउदो ५ बर्षपछि कांग्रेस पुरानै स्थितिमा फर्किन्छ डा. कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर