पूर्वाञ्चल खबर
कार्यक्रममा सयौं यूवायूवतीहरुले अडिसनमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । तीन विधामा छनौट गरिएको अडिसनमा गायन, नृत्य र अभिनय रहेकोे छ । अडिसनमा सहभागि प्रायः धेरैले दोस्रो चरणको लागि ग्रिन कार्ड पाएका छन् । अडिसन राउण्ड पार गरेपछि प्रतियोगिले तेस्रो चरणको लागि हैरान चलचित्रको अफिसियल पेजमा आफ्नो प्रस्तुति भिडियो बनाएर अपलोड गर्नु पर्ने र सोही आधारमा तेस्रो चरणको लागि छनौट गरिने छ । तेस्रो चरणमा छनौट गरिएका सहभागिलाई पुनः चलचित्र हैरानको अफिसियल पेजमा गरिएको भिडियो अपलोडको आधारमा सबैभन्दा उत्कृष्ट प्रतिभावान कलाकारलाई फाईलन राउण्मा प्रवेश गराईने चलचित्रकी कार्यकारी निर्माता सम्झना पोखरेलले बताईन । फाईनल राउण्ड काठमाण्डौंमा आयोजना गरिने छ । फाईनलमा ३ विधाका उत्कृष्टलाई नगद १–१ लाख पुरस्कार र डान्स फिवरको व्यानरमा बन्ने चलचित्रमा अवसर दिईने पोखरेलले बताईन ।
अडिसनको निर्णायकमा गायन तर्फ रामाकुमार मण्डल, नृत्य तर्फ प्रेम सोनाम र अभिनय तर्फ निर्मल शर्मा ( गैंडा) रहेका थिए । विश्वकै कान्छा निर्देशले निर्देशन गरेको चलचित्र हैरान यही जेष्ठ ४ गते नेपालभरी रिलिज हुदैछ । अडिशन कार्यक्रममा चलचित्रका कलाकारहरु निर्मल शर्मा (गैंडा) , गजित विष्ट, आरोही शर्मा , सागर लम्साल(बले), बसिम रजा को सहभागिता रहेको थियो ।