पूर्वाञ्चल खबर
प्रदेश नम्बर १ का १४ वटा जिल्लाहरुमा आज मतदान भएको हो ।१ सय ८३ मतदाता रहेको मोरङमा १ सय ५७ मत खसेको निर्वाचन समितीले जनाएको छ । मोरङ कुल मतदानको ८४.८६ प्रतिशत मत खसेको हो ।
आज भएको मतदान पकृयाबाट ७ पदाधिकारीकालागि १९ जना चुनावी मैदानमा उत्रेका छन् । २१ सदस्य रहने प्रदेश समितिकालागि १४ जना निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत दाहालले जानकारी दिए ।
निर्विरोध निर्वाचत हुनेहरुमा कोषाध्यक्षमा प्रेस चौतारीकी उम्मेदवार अम्बिका भण्डारी, महिला सदस्यहरू युनियनकी रेजिना गौतम, चौतारीकी तीलकुमारी शर्मा र प्रेस सेन्टरकी रिता मोक्तान, दलित सदस्यमा चौतारीका सन्तोष रुचाल र अल्पसंख्यकमा युनियनका इकवाल अहम्मद रहेका छन् ।
यस्तै आदिवासी जनजाति सदस्यहरु गणेश साम्पाङ राई र केशवकुमार लामा पनि निर्विरोध निर्वाचित भएका हुन् । प्रदेश समिति निर्माणका लागि पत्रकारहरुको ठूला संगठन प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरले संयुक्त उम्मेदवारी दिएका थिए ।
ठूला संगठनको सहमति अमान्य रहेको भन्दै संघीय प्रेस फोरम नेपाल, मधेशी पत्रकार समाज, स्वतन्त्र पत्रकार समुह, संघीय पत्रकार युनियन र नेपाल ख्रिस्चियन पत्रकार संघले पनि केहि पदमा उम्मेद्वारी दिएका छन् ।
अध्यक्षमा संयुक्त प्यानलबाट अध्यक्षमा चौतारीका विक्रम लुईटेल र स्वतन्त्र गोपाल देवान चुनावी मैदानमा छन् ।
उपाध्यक्षमा युनियनका सोमनाथ सुवेदी र स्वतन्त्र रुपमा विजय खतिवडाले उम्मेदवारी दिएका छन् ।
महासचिवमा प्रेस सेन्टरका विवेक गौतम र कमन देवानको चुनावी भिडन्त हुदैछ । यस्तै महिला उपाध्यक्षमा संयुक्त प्यानलकी स्मीता निरौला र मनिता ताम्लिङ रहेकी छिन् । समावेशी सचिवमा संयुक्त प्यानलका बुद्धवीर राई र सन्तवीर लामाले उम्मेदवारी दिएका छन् ।
महासंघको विधान अनुसार प्रदेश समितिको अध्यक्ष १, उपाध्यक्ष खुल्ला १, महिला १, महासचिव १, सचिव खुल्ला १, समावेशी १, कोषाध्यक्ष १, खुल्ला सदस्य ५, महिला सदस्य ३, दलित १, आदिवासी जनजाति २, मधेशी २ र अल्पसंख्यक १ गरी २१ सदीयीय समिति निर्माण हुने उल्लेख छ
यसैगरी ५ जना पदका लागि निर्वाचन हुने खुल्ला सदस्य पदमा ६ जनाको उमेद्वारी परेको छ ।
३ जना महिला सदस्यका लागि ३ जनाको मात्र उमेद्वारी रहेको र १ जना दलित सदस्य कोटामा १ जनाको मात्र उमेद्वारी परेको थियो ।
यसैगरी २ बटा कोटाको आदीवासी जनाजाति मा २ जनाको, २ पदको मधेशी कोटामा ३ जनाको र १ जनाको अल्पसङख्यक÷अपाङग कोटाको लागि १ जनाको मात्र उमेद्वारी परेको छ ।