पूर्वाञ्चल खबर
जिल्ला अदालत मोरङले उनीहरुलाई बिहीबारदेखि लिएको ६ जना अभियुक्तहरु मध्य पाँच जनाको मात्र बयान पुरा भएको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए । ‘पहिलो लटमा ६ जना अभियुक्तको बयान सुरु गरिएको थियो,’ बयान लामो भएकोले १ जना बाँकी छ । बाँकी रहेको अभियुक्तको बयान आइतबार हुनेछ ।’ मोरङ जिल्ला अदालतको ६ नम्बर इजलासमा जिल्ला न्यायधिश नारायण प्रसाद शर्माले बयान लिन सुरु गरेका हुन् ।
शुक्रबार मोहन काफ्ले, लाक्पा शेर्पा, माधब भन्ने मदन प्रसाद घिमिरे, कृष्ण भन्ने नरेन्द्र कार्की र राजन कुमारको बयान सकिएको स्रेस्तेदार दुलालले जानकारी दिए । समय अभावले गर्दा टेकराज मल्ल ठकुरीको बयान बाँकी रहेको र उनको बयान आइतबार हुने बताइएको छ । ठकुरीको बयान सकिएपछि थप पाँच जना अभियुक्तको बयान सुरु गरिनेछ । अभियुक्त मध्धे टेकराज, मोहन, नरेन्द्रलाई प्रहरीले शनम शाक्यको शवसहित १९ फागुनमा प्रहरीले विराटनगरबाट पक्राउ गरेका थिए । बुधबार अदालतमा मुद्दा दर्ता गरेको ६३ जना मध्ये न्यायिक हिरासतमा रहेको सात जना प्रहरी अधिकारीसहित २९ जनाको बयान लिनेछन् ।
यसअघि बुधबार ७ प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध अपराधिक समूह स्थापना, सुन चोरी पैठारी, चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यानमा मुद्दा दायर गरिएको थियो ।