AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेशको आर्थिक सम्वृद्धिमा कोष सहयोगी वन्नु पर्ने– मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ बैशाख २०७५, शुक्रबार १३:४३
3
Shares
विराटनगर । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेश र स्थानीय जनताको आर्थिक सम्वृद्धिमा सञ्चयकोष सहयोगी हुनु पर्ने वताए ।

मुख्यमन्त्री राईले आज विराटनगर–१० मा कोषको नवनिर्मित भवनको गर्दै कोषकर्ताको हित र मुलुकको विकास र सम्वृद्धिका योजनाहरुलाई लगानी गरी यस क्षेत्रका जनताको आर्थिक उन्नति कार्यमा सहयोगको भूमिका खेल्न आग्रह समेत गरे ।
तीन तहकै सरकार निर्माण भै कार्य गरिरहेको अवस्थामा जनताको विकास र सम्वृद्धिको चाहनालाई मूर्त रुप दिनलागि कोषको लगानी सहयोगको कार्य अनुकरणीय हुनुपर्ने मुख्यमन्त्री राईले बताए ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले लगानीको सुरक्षा, सुरक्षाको पूर्ण ग्यारेण्टीलगायत आवश्यक निति निर्माण गरी कृषि, जल विद्युत उद्योग र पर्यटन उद्योगमा लगानी गर्न निजी क्षेत्रलाई आव्हान समेत गरे । उनले प्रदेश सरकार जनताको जीवनस्तर उकास्नका साथै निर्यातमलक उद्योग स्थापना गरी रोजगारी सृजना गर्न विदेशी लगानी भित्राउन आकर्षक पूर्वाधार निर्माण सहित लगानी मैत्री नीति वनाउने धारणा व्यक्त गरे ।

मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले कोषले आफ्नो सेवा अझ विस्तार गर्नुपर्ने वताए । उद्घाटन कार्यक्रममा कोषका विराटनगर प्रमुख शान्ता गौतम, मुख्य प्रशासक तुलसीप्रसाद गौतमले सामाजिक सुरक्षा अन्तर्गत कोषले निवृत्तिभरण पश्चात पनि सेवा उपलव्ध गराउने योजना ल्याउन लागेको जानकारी दिए ।

अपाङ र सूचना प्रविधि मैत्री उक्त दुई तल्ले भवन दश कठृा जमीनमा रु २ करोड ८६ लाख ५२ हजार १६६।३८ पैसामा निर्मित ७ हजार स्क्वायर मिटरको रहेको छ। कोषले यस क्षेत्रका ८० हजार कर्मचारीहरुलाई सेवा प्रदान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर