AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सनमलाई दुई दिन जंगलमा करेन्ट लगाएर यातना दिँदा मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ बैशाख २०७५, सोमबार ०९:१६
3
Shares
सनमलाई यातना दिदा प्रयोग गरेको रुख देखाउँदै स्थानिय ।
विराटनगर/ उर्लाबारी – ७ का समन शाक्यलाई दुई दिनसम्म करेन्ट लगाएर यातना दिने क्रममा मृत्यु भएको खुल्न आएको छ ।

विमानस्थलबाट तस्करी गरि ल्याएको साढे ३३ किलो सुन गायब भई पत्ता नलागेपछि अवैध सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ समूहले घना जंगलमा पु¥याएर समनलाई जंगलमा लगरे करेन्ट लगाएर यातना दिने क्रममा मृत्यु भए हो ।

एउटा स्कारपियो र टाटा सोमा गरी दुई वटा गाडीमा उर्लाबारी – १ कान्छी चौकदेखि उत्तरपर्टी तीन किलोमिटरको घना जंगलमा पु¥याएर करेन्ट लगाउँदै यातना दिने क्रममा शाक्यको गत फागुन १८ गते मृत्यु भएको हो ।

सनमलाई यातना दिँदा प्रयोग गरिएको रुख ।

सुन गायब भएपछि सनममाथि शंका गरेर गोरेले धरानको कन्ट्रिक्लवको छलफलपछि सुनसान स्थानमा लगेर यातना दिने क्रममा मृत्यु भएको पक्राउ परेका अभियुक्तले बयानमा समेत प्रहरीले बताएका छन् । पिकनिक खाएको जस्तो देखाउन केही भाडाँ र तयारी खाना र पानीका कार्टुनहरु पनि सँगै लगेका थिए । गाडीमा करेन्ट लगाउन अलग्गै ब्याट्रि र तार अनि बाध्नका लागि प्लास्टिकका डोरीहरु पनि लगियो ।

शनिबार शनमलाई यातना दिएको स्थानमा पुगि कान्छि चौक आइपुग्दा यहाँका प्रत्यक्षदर्शीहरुका अनुसार फागुन १७ र १८ गते दुई दिन एउटा स्कारपियो. र एउटा टाटा जीप कान्छी चौक पश्चिम जंगलतिर लागेको बताए ।

भीआइपी गाडी खोलापारि गएको देखेपनि पिकनिक खान आएको होला होलीमा भनेर कसैले अनावश्यक शंका गरेन् । ‘कान्छी चौकबाटै केही युवाले पानीका कार्टुनहरु गाडीमा हालेर लगेका थिए,’ उर्लाबारी १ का किरण श्रेष्ठले,’ गाडीमा पानी र आवश्यक पर्ने सामाग्री हालेपछि जंगलतिर लागेका थिए ।’

यसरी दिए सनमलाई यातना
गोरे समूह कान्छी चौक पश्चिम सोल्टी खोलापारि रहेको प्रगति सामुदायिक बन क्षेत्रमा पुग्यो । त्यहाँ गाडी चढन अप्ठेरो भएपछि उनीहरुले माटो अलिकति खनेर बाटो बनाए । त्यसपछि गाडी चौरीमा उक्लियो । त्यही चौरीमा उनीहरुले ढुंगाको सानो चुल्हो बनाएर सामान्य आगो बालेजस्तो गरेर एउटा भाँडा पनि बसालेको अहिले पनि देखिन्छ । पकाउने भन्दा पनि उनीहरुले ल्याएका तयारी खाना खाँदै र बोतलको पानी पिउँदै केरकार गर्ने काम गरे ।

चौरबाट अलि भित्र जंगलमा सालका तीनवटा रुखमा पालैपालो बाँधेर करेन्ट लगाउँदै यातना दिए । उनीहरुले त्यहाँ एउटा खाल्डो पनि खनेका थिए । मरेमा सायद त्यही खाल्डोमा गाडने योजना थियो होला । मुखमा टिस्युपेपर खाँदेर यातना दिइएको थियो सनमलाई ।

पहिलो दिन सामान्य केरकार गरिएको थियो । र फर्केर इटहरीतिरको होटलमा बास बसेका थिए । यातनाले आलसतालस भएका सनमलाई होलीमा रक्सी धेरै खाएर बेहोस भएको भनिएको थियो । १८ गते होलीको दिन बिहानै फेरि त्यही ठाउँमा पुगेर यातना दिने काम सुरु गरिएको थियो । दिनभर यातना दिँदा पनि कुनै कुरा नखुलेपछि पुन सनमलाई गाडीमा हालेर इटहरीतर्फ ल्याइएको थियो । तर गाडीमै सनमको १८ फागुनमा मृत्यू भैसकेको थियो ।

स्थानिय सामुदायिक बनका कर्मचारी नरेश बराइलीका अनुसार जंगलभित्र रुख काटने कर्मचारीहरुले बन क्षेत्रमा भीआइपी गाडी ठूलो साउन्डमा बाजा घन्काएर बसेको र पटकपटक वोको जस्तो आवाज कराएको नजिकबाट सुनेका थिए । अहिले पनि घटना स्थलमा रुखहरुमा करेन्टका चोट प्रष्ट देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर