AArya
RUMPUM
animated ellipse animated ellipse

३३ किलो सुन प्रकरण : अनुसन्धानमा संलग्न डिएसपी पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ बैशाख २०७५, सोमबार ०६:०२
3
Shares
काठमाडौँ / त्रिभुवन विमानस्थलबाट बाहिरिएको तस्करीको ३३ किलो सुनबारे अनुसन्धानमा खटिएका एकजना प्रहरी अधिकृत नै पक्राउ परेका छन् ।

प्रहरीले मोरङका सुन व्यापारी सनम शाक्यको हत्यापछि अनुसन्धानमा खटिएका डिएसपी प्रजीत केसीलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरी प्रहरीले कर्तव्य ज्यान तथा संगठित अपराध मुद्दामा अनुसन्धान गर्न अदालतबाट म्याद समेत थपेको छ।

सनम शाक्यको हत्याकाण्डबारे अनुसन्धानको जिम्मेवारी पाएका केसीको सम्पर्क सुन तस्करीमा संल्गन गोरे उपनामका चुडामणि उप्रेतीसँग पाइएपछि केसीलाई हिरासतमा लिइएको हो ।

मोरङको उर्लाबारी नगरपालिका-७ निवासी सुन व्यापारी सनम शाक्यको हत्यापछि केसी यसको अनुसन्धानमा खटिउका थिए । फागुन १९ मा शाक्यको हत्या भएपछि शव बरामद गरेर अनुसन्धानका लागि महानगरीय प्रहरी अपराध महाशाखाबाट केसीको टोली विराटनगर गएको थियो ।

यो प्रकरणमा महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीसमेत तानिइसकेका छन् । उनी पनि हाल मोरङ प्रहरीको हिरसातमा छन् । यो प्रकरणमा लोहनी, केसी र सई बालकृष्ण सञ्जेलको सम्पर्क सुन तस्करीका नाइके उप्रेतीसँग जोडिएको पाइएपछि गृहमन्त्रालयबाट सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा गठित छानबिन समितिको सिफारिसमा सरकारले उनीहरुलाई जिम्मेवारीविहीन बनाइसकेको छ ।

यही प्रकरणमा पूर्वडीआईजी गोविन्द निरौला पनि पक्राउ परेर हाल मोरङ प्रहरीकै हिरासतमा छन् । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलको निर्देशनमा छानबिन समितले यो प्रकणमा जोडिएका २५ जना बढीलाई हिरासतमा लिइसकेको छ।

यो काण्डमा पूर्वडिआइजी निरौला, जिल्ला प्रहरी कार्याल मकवानपुरमा कार्यरत एसपी विकासराज खनाल र डिएसपी सञ्जय राउतसहित २५ जनामाथि समितिले अनुसन्धान अघि बढाइसकेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्टना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर