RUMPUM
animated ellipse animated ellipse

अकिञ्चनको एकल कविता वाचन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ बैशाख २०७५, शुक्रबार १७:२५
3
Shares
विराटनगर / दुई दशकभन्दा लामो समयदेखि नेपाली कविता लेखनमा सक्रिय युवाकवि उमेश राई ‘अकिञ्चन’को एकल कविता वाचन सम्पन्न भएको छ ।

चेतना संरक्षण साहित्य प्रतिष्ठानको आयोजनामा २४ औं शृंखलामा कवि अकिञ्चनको एकल कविता वाचन सम्पन्न भएको हो । मकालु टेलिभिजनको सभाहलमा भएको कार्यक्रममा अकिञ्चनले ‘बाराक ओबामा’, ‘किनारीकृत प्रश्न’, ‘भूगोलपार्क’, ‘आमाको समाधिस्थलबाट’, ‘मोलालिसा र मार्च ८’ र ‘दृष्टिकोण’ शीर्षकका आधा दर्जन कविता सुनाए । प्रतिष्ठानले हरेक महिनाको पहिलो आज एकल र सामूहिक कविता वाचन कार्यक्रम गर्दै आएको छ ।

हाल काठमाडौंमा बसोबास गर्दै आएका कवि अकिञ्चनको ‘मोनालिसा र मार्च ८’ र ‘एक सगर दुई तारा’ कृति प्रकाशित छन् । सन् २०१० मा अमेरिकाको बोस्टनमा भएको अन्तर्राष्ट्रिय कविता महोत्सवमा प्रथम हुँदै अकिञ्चनले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए । कार्यक्रममा साहित्यकार रमाप्रसाद रिजाल, प्रतिष्ठानकी उपाध्यक्ष सरला चापागाईं, महासचिव उमेश दाहाल, कवि मीनकुमार नवोदितलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर