AArya
RUMPUM
animated ellipse animated ellipse

सिङ्ंगीन स्टारको फाइनलमा १५ जना

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ मंसिर २०७३, आईतवार १८:१८
3
Shares
१८ मंसिर,विराटनगर / एसबीएससी सिङं्गीन स्टार सिजन – थ्री को फाइनलमा १५ जना छनौट भएका छन् ।
विराटनगर–५ मा रहेको मदरल्याण्ड एकाडेमीमा भएको सेमिफाइनलबाट उत्कृष्ट प्रतिभा प्रस्तुत गर्नेलाई फाइनलमा प्रवेश गरेका हुन ।
संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा विराटनगरमा रहेको सिद्धार्थ स्कुलबाट स्वरुप खतिवडा, सनसाइन स्बुलबाट अलरका खरेल, डान स्कुलबाट दिव्या गिरी, एभरेष्टबाट अश्विन थापा, डि.ए. भि. बाट चुलि सिंह, मुनाल आर्दश स्कुलका दिवश श्रेष्ठ, राइजिङ नेपाल स्कुलबाट ग्रिसम श्रेष्ठ, बयरवनको रमाईलोमा रहेको पर्ल एकाडेमीबाट खिना भण्डारी, ब्राईट फ्यूचर स्कुलबाट सुनिल अधिकारी, उर्लाबारीमा रहेको सनसाइन स्कुलका सुमन सुनार,रंगेलीमा रहेको मिनिल्याण्ड स्कुलका बिवेक साहलगायत फाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिताको फाइनल आगामि पुस १४ गते विराटनगरमा हुनेछ । ‘आवज तपाईको गौरव राष्ट्रको, देन निजी स्कुलको भन्ने मुल नारको साथ सुरु भएको प्रतियोगिताको बिजेताले नगद २५ हजार, द्धीतियलाई १५ र तृतीयलाई १० हजार रहेको छ ।
निर्णायकहरुमा गायक ज्योति सुब्बा, विकेश के शंकर, प्रवलदिप विश्वास, रामबावु राउत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर