AArya
RUMPUM
animated ellipse animated ellipse

जहदा गाउँपालिकामा प्रसुती सेवा सञ्चालन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ बैशाख २०७५, शनिबार १७:३५
3
Shares
विराटनगर, १ वैशाख / स्थानिय तहमा सरकार पुगेपछि ग्रामिण भेगका जनताले स्वास्थ्यको अनुभूती स्थानिय स्तरबाटै गर्न थालेका छन् ।

मोरङको दक्षिणी भेग जहदा गाउँपालिका – १ मा वडा अध्यक्ष प्रदिपचन्द यादवको सक्रियतामा निः शुल्क प्रसुती सेवा सुरु भएको छ ।

गाउँपालिका १ को वडा कार्यालयसँगै रहेको बुधनगर स्वास्थ्य चौकीमा नेपाल सरकारको सहयोगमा ‘आमा सुरक्षा कार्यक्रम’ ल्याएपछि अहिले सर्वसाधरणले स्थानिय स्तरमै स्वास्थ्य लाभ लिन थालेको वडा अध्यक्ष यादवले बताए ।

स्वास्थ्य चौकीमा जहदा गाउँपालिकाले करारमा दुई जना स्वास्थ्यकर्मी राखेका छन् । गाउँपालिकामा रहेको स्वास्थ्यचौकीबाट २४ घण्टा सेवा प्रदान हुन थालेपछि अहिले विरामीको चापसमेत बढेको सामाजिक परिचालक हरिओम राजवंशीले जानकारी दिए । ‘सानो तिनो विरामी हुँदा पनि घण्टौ खर्चेर विरामी सदरमुकाम विराटनगर आउनुपर्थो,’ वडा अध्यक्ष प्रदिपचन्द यादवले भने, ‘स्थानिय स्तरबाटै स्वास्थ्य सेवा दिन थालेपछि सामान्य विरामी हुँदा विराटनगर जानुपर्ने समस्याको अन्त्य भएको छ ।’

वडा अध्यक्ष यादवलको अनुसार प्रसुती सेवा सुरु भएपछि स्वास्थ्य चौकी २ जनाको सफल प्रसुती भएको बताए । ‘नर्मल हुनेसम्म यहाँकै स्वास्थ्य चौकीमा हुने गरेको छ,’ यादवले भने,‘यहाँ थप उपचार हुन नसेको खण्डमा मात्र्र विरामीलाई विराटनगरको अस्पताल रिर्फर गर्ने गरेका छौं । त्यसको लागि स्वास्थ्य चौकीमा २४ घण्टा एम्बुलेसन्स स्वास्थ्य चौकीमा राख्ने गरेको छौं ।’ विरामीको लागि एम्बुलेन्स सेवा निःशुल्क रहेको छ ।
प्रसुती सेवा सञ्चालन भएपछि स्वास्थ्यचौकीमा भएको प्रसुती ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर