AArya
RUMPUM
animated ellipse animated ellipse

श्रीनिवासको स्वास्थ्य सुधारोन्मुख

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ चैत्र २०७४, बिहीबार २०:२७
3
Shares
विराटनगर, २९ चैत / आइतवार अज्ञात समुहको गोली लागेर घाइते भएका पण्डित श्रीनिवास आचार्यको अवस्था सुधारोन्मुख रहेको अस्पताले जनाएको छ ।

गोली लागेपछि गम्भीर घाइते भएका आचार्यलाई न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पताल विराटनगरमा लगिएको थियो । अस्पतालले प्रेस विज्ञप्ती जारी गर्दै धर्मगुरु आचार्यको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको बताएको हो । तर उनको फोक्सोमा संक्रमणको खतरा अझै रहेको बताइएको छ छातीको एक्सरेमा कन्सोलीडेसन देखिएको बताइएको छ । घाउलाई नियमित ड्रेसिङ्ग गरी आवश्यक औषधी उपचार भईरहेको उपचारमा संलग्न वरिष्ठ चिकित्सक डा.सुदिप खनियाले जानकारी दिए । हाल उनी साधारण खाना खानसक्ने भएका छन् ।

अस्पताल प्रशासनले आचार्यको स्वास्थ्य स्थितिबारे नियमित रुपमा अवगत गराइरहेको छ । आचार्यको स्वास्थ्य अवस्था बुझ्न उनका शुभेच्छुकहरु सँगसँगै अभिनेत्री मनिषा कोइराला पनि पुगेकी थिइन । कोइराला बिहिवार अस्पताल पुगेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर