पूर्वाञ्चल खबर
स्कूलले विराटनगरमा विहीबार विविद्य कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको हो । स्कूलले आन्तरीक परिक्षा तथा आन्तरीक ख्लकुदमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार तथा पमाणपत्र वितरण गरेको छ । साथै उत्कृष्ट हुने विद्यार्थीका अभिभावकलाईसमेत मायाको चिनो दिएर सम्मान गरेको छ ।
कर्यक्रममा स्कूलमा अध्ययनरत विद्यार्थीहरुले नृत्य, गायन, नाटकलगायतको विभिन्न कार्यक्रम गरी वार्षिक उत्सवमा उपस्थीत सबैलाई मनोरञ्जन दिए ।
कार्यक्रमको प्रमुख अतिथि प्रा.डा. तेजनारायण मण्डल,स्कूलका प्रिन्सिपल सन्तोष भगत, भाइस प्रिन्सिपल देविलाल महतो, सञ्चालकहरु रोशन राजवंशी र शंकर काप्mलेलगायतले बोलेका थिए । कान्तिपुर एजुकेशन फाउण्डेशन प्रा.लिका अध्यक्ष रञ्जन कार्कीको सभापतित्वमा वार्षिक उत्सव सम्पन्न भएको थियो ।