RUMPUM
animated ellipse animated ellipse

रंगेली नगरपालिका आजदेखि आफनै भवनमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ चैत्र २०७४, सोमबार १४:२५
3
Shares
रंगली, २६ चैत / भवनको अभावमा सेवाग्रहीका काममा समस्या भएपछी रंगेली नगरपालिका आजदेखि आफनै नयाँ र व्यवस्थित भवनवाट संचालन भएको छ ।

नगरपालिकाकाले डेढ करोडको लागतमा १४ कोठे भवन निमार्ण गरेपछी नयाँ भवनवाट सेवा संचाालनमा आएको हो ।

पहिलेको भवनमा सेवा संचालनमा कठिनाई आएपछी नयाँ भवनवाट सेवा शूूरु गरिएको हो । दुुई वर्ष अघि नयाँ भवनको निमार्ण शुुरु भएको हो । पहिलेको पुरानो भवनसंगै निमार्ण गरिएको उक्त एक तल्ले भवनमा एक करोडको लागतमा दोश्रो तल्ला थप्ने तयारी भएरहेको नगरपालिकाका इन्जिनियर श्यामसुुन्दर सिंहले वताए ।

सेवा संचालनका लागी थप कोठा आवश्यक रहेकाले तल्ला थपका लागी टेन्डर भइसकेको उनले वताए । यसैगरी नगरपालिकाले डेढ करोडको लागतमा कम्पाउण्डवाल, मुुख्य द्धार , पार्किङ तथा नगर प्रहरीका लागी घर निमार्ण गर्ने तयारी गरिरहेको सिंहले वताए । पहिले संचालनमा आएको नगरपालिकाको घरमा शिक्षा, स्वाथ्य, कृषि तथा वर्डा कार्यालय संचालन भइरहेको छ । नयाँ भवनवाट सेवा शुुरु भएपछी सेवाग्रहीहरुलाई समेत सेवा पाउन सहज हुुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर