RUMPUM
animated ellipse animated ellipse

थ्रि–स्टारसँग फेरी मनाङ पराजित, जितसँगै थ्रि–स्टार अन्तिम चारमा प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ चैत्र २०७४, बिहीबार २२:१४
54
Shares
पुष्पराज थपलिया
विराटनगर, २२ चैत / चिरप्रतिद्वन्धी मनाङ मस्र्यादी क्बल काठमाण्डौंलाई स्तब्ध बनाउँदै थ्रि–स्टार क्बल काठमाण्डौं पाँचौ विराट गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ ।

विराटनगरको सहिद रङगशालमा आज राती सम्पन्न भएको अन्तिम क्वाटरफाइनल खेलमा थ्रि–स्टारले मनाङको चुनौती २–१ गोल अन्तरले पन्छाउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
जितसँगै थ्रि–स्टारले शनिबार संकटासँग दोस्रो सेमिफाइनल खेलमा भेट पक्का गरेको हो । मनाङले सोमबार बुटवलमा भएको मदन भण्डारी गोल्ड कपको फाइनलमा पनि २–१ गोल अन्तरले पराजित भएको बदला लिने दाउमा रहेको मनाङमाथी पहिलो हाफसम्म थ्रि–स्टारले दबाबमा राखेको थियो ।

पहिलो हाफ सम्म १–० गोल अन्तरले अगाडि रहेको मनाङले अन्तिम २० मिनेट सम्मालिन नसक्दा थ्रि–स्टारसँग पराजित हुन पर्यो । उत्कृष्ट पुनरावगमन गर्दै खेलमा फर्किएको थ्रि स्टारको जितमा विमल घर्तीमगर र विदेशी खेलाडी मार्टिनले गोल गरे । पहिलो हाफमा आक्रमक रुपमा प्रस्तुत भएको मनाङले खेलको १९ औं मिनेटमा सुवास गुरुङले मिलाइ दिएको पासलाई सदुपयोग गर्दै विशाल राईले डिबक्स भित्रबाट गरेको हाफ बाईसाईकल प्रहारले जाली चुम्दा थ्री स्टारका गोलरक्षक एलन न्यौपानेले कुनै मौकै पाएनन् । खेलको १० औं मिनेटमा थ्रि–स्टारका अनन्त तामाङले डिबक्स भित्रबाट गरेको हेडिङ पोस माथिबाट बाहिरियो ।

दोस्रो हाफमा थ्रि–स्टार शसत्त रुपमा मैदान उत्रियो । खेलको ७१ औं मिनेटमा थ्रि–स्टारका नेपालका स्टार खेलाडी विमल घर्तिमगरले पेनाल्टी सुटआउटबाट गोल गर्दै थ्रि–स्टारलाई खेलमा फर्काएर खेल बराबरीमा ल्याए । मनाङका गोलरक्षक विशाल श्रेष्ठले विपक्षी खेलाडी मार्टिनलाई डिबक्स भित्र गलत ‘ट्याकल’ गरेर लडाएपछि रेफ्री श्रवण लामाले थ्रि–स्टारलाई पेनाल्टीको पेनान्टी हान्ने अवसर पाउँदा विमलले गोल गरेका हुन् । खेल बराबरीमा आएसँगै दबाब आएको मनाङले ७५ मिनेटमा अर्काे गोल खान पुग्यो । थ्रि–स्टारका विदेशी खेलाडी माट्रिनले हेडीङ मार्फत गोल गर्दै थ्रि–स्टारको २–१ को अन्तरमा पुर्याए । माट्रिनलाई विमलले लङ पास मिलाइदिएका थिइए । अन्तिममा माट्रिनले गरेको गोल नै निर्णायक बन्दा थ्रि–स्टारको जित सुनिश्चित भएको हो ।

५८ औं मिनेटमा वान भर्सेस वानमा थ्रि–स्टारका मार्टिनको प्रहारलाई मनाङका गोलरक्षक विशाल श्रेष्ठले रोकिदिए । लगत्तै रुपेश केसीको प्रहार पनि गोलरक्षक श्रेष्ठको बचाएका थिए । ७८ औं मिनेटमा अन्जन विष्टको हेड प्रहार पोष्टमाथिबाट बाहिरिंदा मनाङले बराबरीमा आउने अवसर गुमायो ।

८३ मिनेटमा अन्जन विष्टको पासमा विमल रानाको हेड असफल हुँदा मनाङ पाँचौं पटक पनि थ्रि–स्टारसँग पराजित हुन पुग्यो ।

तीन महिना यता यो सिजनमा विराट गोल्डकप सहित मनाङले थ्रि–स्टारसँग पाँचौं पटक पराजय भोग्न पुग्यो । गत सोमबार मात्रै बुटवलमा सम्पन्न तेस्रो मदन भण्डारी गोल्डकपको फाइनलमा मनाङ थ्रि–स्टारसंग २–१ गोल अन्तरले पराजित भएको थियो । मनाङलाई १–० अन्तरले पराजित गर्दै इटहरीमा सम्पन्न मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकपमा पनि थ्रि स्टार विजयी बनेको थियो । बुटवलमा सम्पन्न २० औं तिलोत्तमा गोल्डकप र चितवनमा सम्पन्न विकास रनिङ शील्डमा पनि थ्रि–स्टारले मनाङलाई सेमिफाइनलमा हराएको थियो

थ्रि–स्टारका प्रशिक्षक मेघराज केसीले मनाङ र थ्रि–स्टारको खेललाई नेपालमा विशेष रुपले हेर्ने गरिएको बताए । ‘दुबै टिमको प्रदर्शन उस्तै रहन्छ,’ उनले भने, ‘दुबै टिमले उत्तिकै प्रदर्शन गर्ने भएकाले बढी मेहनत गर्ने टिमको पक्षमा नतिजा आउँछ ।’ केसीले मनाङका तुलनामा राम्रो प्रदर्शन गर्न सकेका कारण नतिजा हाम्रो पक्षमा आएको बताए । मनाङका प्रशिक्षक छिरिङ लोप्साङले खेलाडीले राम्रो प्रदर्शन गर्दा गर्दै पनि हार बेहोर्नु परेको बताए । ‘सामान्य अवस्थामा रेफ्रीले थ्रि–स्टारलाई नदिनु पर्ने पेनाल्टीको अवसर दिए,’ उनले भने, ‘खेलको ‘टर्निङ’ प्वाइन्ट नै त्यही बन्न पुग्यो ।’

राष्ट्रिय खेलाडीहरुले भरिपूर्ण भएको खेल निकै रोमाञ्चक भएपनि आज विहान परेको पानीे खेल मैदानमा जम्दा खेलाडीहरुले सोचे अनुरुपको प्रदर्शन गर्न सकेनन् ।

खेलको म्यान अफ द म्याच थ्रि–स्टारका खेलाडी माट्रिन घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको शुक्रबारको पहिलो सेमिफाइनल खेल झापा ११ र नेपाल आर्मीको त्रिभुवन क्बल बिच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर