AArya
RUMPUM
animated ellipse animated ellipse

निजी क्षेत्रको पूँजीको सुरक्षाको ग्यारेण्टी प्रदेश सरकारले गर्ने : मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ चैत्र २०७४, बुधबार २२:०४
3
Shares
फाइल तस्वीर
विराटनगर,२१ चैत / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको आर्थिक सम्वृद्धिका लागि निजीक्षेत्रको पूँजीको सुरक्षाको ग्यारेण्टी सरकारले लिने भएको लगानी भित्राउन आव्हान गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघद्धारा आज विराटनगरमा आयोजित ” प्रादेशीक आर्थिक वहस“ कार्यक्रममा उनले मुलुकको व्यापार घाटा न्यून गर्न र रोजगारी सिर्जना गर्नका लागि लगानी मैत्री कानून, विद्युत, श्रम समस्या सहजता एवम् सुरक्षाको ग्यारेटी प्रदेश सरकारले दिने प्र्रतिवद्धता व्यक्त गरे ।

मुख्यमन्त्री राईले उद्योगको विकास र सम्वृद्धिका लागि प्रदेश सरकारले जग्गा उपलव्धता सम्वन्धमा कार्य गरिरहेको वताउदै यस सम्वन्धमा निजी क्षेत्रसंग हातेमालो गरी स्वदेशी तथा विदेशी लगानी भित्राउन सरकार तयार रहेको जानकारी दिए । मुख्य मन्त्री राईले प्रदेश सरकार तीव्र गतिमा विकास र सम्वृद्धि काय गर्न निजी क्षेत्रसंगको सहकार्यमा निती नियम कानून वनाउन तयार रहेको वताउँदै उद्योगलाई आवश्यक पर्ने कर छुटको व्यवस्था गर्न तयार रहको बताए ।

विराटनगर विमानस्थल अन्तर्राष्ट्रिय रुपमा प्रयोगका सम्वन्धमा अध्ययन भइरहेको जानकारी दिदै मुख्यमन्त्री राईले प्रदेशको तीन भारतीय छिमेकी प्रदेशका जनता धार्मिक तथा हिमाली पर्यटक रुपमा यस क्षेत्रमा ल्याउने कार्य भएमा मुलुकको व्यापार घाटामा केही सहजता हुने वताए । उनले कृषिलाई उद्योगको रुपमा लिई व्यवसायिकरणको रुपमा सरकार कार्य गरिरहेको वताउदै रुग्ण उद्योग सञ्चालनमा ल्याई रोजगारी सिर्जना गर्ने समेत वताए ।

मुख्यमन्त्री राईले विराटनगर छेउ भारतको वथनाहाको मीरगंज क्षतिग्रस्तपुलको कारण उद्योगी र व्यापारीहरुलाई परेको समस्याको आफूले महशुस गरेको वताउँदै यस सम्वन्धमा सम्वन्धित निकायसंग कुरागरी समस्याको चाडै नै समाधान गर्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर