RUMPUM
animated ellipse animated ellipse

कान्तिपुर कलेजले गर्यो कक्षा १२ का विद्यार्थीलाई विदाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ चैत्र २०७४, बुधबार १६:४५
3
Shares
विराटनगर। १४ चैत/ विराटनगर – १० मा रहेको कान्तिपुर कलेजले कक्षा १२ का विद्यार्थीहरुलाई आज एक कार्यक्रमको आयोजना गरि विदाई गरेको छ ।

नयाँ व्यवस्थापनमा सञ्चालन भएको कलेजको दोस्रो ब्याजको विज्ञान तथा व्यवस्थापन संकायका गरि ७ सय ५० जना अध्यरत विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी कक्षा–११ का विद्यार्थीले बिदाई गरेको हो । कार्यक्रममा कलेजको लिएको आन्तरीक, हिसान र उच्चमावि शिक्षा परिषदबाट लिएको परीक्षामा उत्कृट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । साथै हिसान स्पोट्र्स मिटमा उत्कृष्ट हुने खेलाडिलाई समेत सम्मान गरेको छ । विदाई कार्यक्रममा कक्षा–११ का विद्यार्थिहरुले नृत्य र गित गाएर उनीहरुलाई मलोरञ्चन प्रदान गरेका थिए ।

कार्यक्रममा प्रा.डा. तेजनारायण मण्डल, कलेजका प्रिन्सीपल सन्तोष भगत कलेजका निर्देशकहरु विष्णु दाहाल, रोशन राजवंशी र भुवन नेपाललगायतले शुभकामना दिएर विद्यार्थीहरुलाई विदाई गरेको थिए । कक्षा–१२ का अब्जन भट्टराईले कलेजमा दुई वर्ष वितेका अनुभव सुनाएका थिए । विदाई कार्यक्रमको सभापतीत्व कान्तिपुर कलकेज ब्यवस्थापन समितीका अध्यक्ष रञ्जन कार्कीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर